अमेरिकामा सिकिस्त छोरो भेट्ने अनुमति


लसएन्जेल्स, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले अमेरिका भ्रमणमाथिको प्रतिबन्ध फुकुवा गरेपछि वल्ल एकजना यमनी महिला अमेरिकामा मर्न लागेका आफ्नो बच्चा भेट्न क्यालिफोर्निया आइपुगेकी छिन्। हाल इजिप्टमा वसोवास गरिरहेकी साइमा स्विलेहलाई शुरुमा अमेरिका प्रवेशमाथि रोक लगाइएको थियो।
जन्मिँदै मस्तिष्कको रोगबाट ग्रसित उनका छोरा दुई वर्षीय अब्दुललाह हस्सन नबाँच्ने जानकारी डाक्टरहरुले दिएका थिए। अब्दुल्लाहका २२ वर्षीय पिता अली हस्सनले आफ्नी पत्नीलाई अमेरिका आउन दिएकाले अब इजजातका साथसगैं शोक मनाउन पाउने बताएका छन्।

बुधवार राति स्विलेह सान फ्रान्सिस्को अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्दा उनका शुभचिन्तकहरुको भिडले स्वागत गरेको थियो। उनी चाँडै नै सानफ्रान्सिस्कोको बाल अस्पतालमा अहिले लाइफ सपोर्टमा राखिएका छोरालाई हेर्न जाने भएकी छिन्।

परिवारको प्रतिनिधित्व गर्ने गैरआयमूलक वकालत समुह अमेरिकी – इस्लामिक सम्बन्ध परिषद् ९ सीएआईआर ० का अनुसार अमेरिकाको विदेश विभागले मंगलवार बिहान स्विलेहलाई अमेरिका प्रवेश गर्ने अनुमति प्रदान गरेको थियो।

सीएआईआरका अनुसार यस परिवारको समर्थनमा कंग्रेसका सदस्यहरुका ट्विट र पत्रलगायत सरकारी अधिकारीहरुलाई अन्यबाट हजारौं इमेल प्राप्त भएको थियो। सीएआईआरका कानुनी सल्लाहकार साद स्वंयले भनेका छन्, ‘अन्तिम क्षणमा आफ्नो छोरोलाई उनले चुम्वन गर्न पाउने देखेर हामी सबैलाई ठूलो सन्तोष मिलेको छ। यस परिवारप्रतिको जनसमर्थन गजवको रहेको पाइयो। कार्यभार सम्हालेको केही समयमै ट्रम्पले विशेष गरी विश्वका केही मुश्लिम राष्ट्रका नागरिकको अमेरिका भ्रमण माथि प्रतिबन्ध लगाएका थिए।