मध्यपूर्वमा चिनियाँ हतियार लेस ड्रोन


बेरुत, (एजेन्सी)
मध्यपूर्वमा सशस्त्र ड्रोनको प्रयोगमा भइरहेको वृद्धि भइरहेको र उनीहरुमध्ये धेरैजसो देशले उक्त हतियार चीनसँग खरिद गरिरहेको एक प्रतिवेदनले जनाएको छ।
रोयल युनाइटेड सर्विसेज इन्स्टिच्युट (आरयुएसआई) को एक प्रतिवेदन अनुसार मध्यपूर्वका जोर्डन, इराक, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सजस्ता कयौं देशमा हतियारजडित ड्रोनको खरिद वृद्धि भएको छ। इजरायल, इरान र टर्कीजस्ता देश आफैं यसको निर्माण गरिरहेका छन्। मध्यपूर्व र अन्य जगहमा ड्रोनको बिक्रीमा चीनको वर्चस्व छ र यसको मूल्य पनि कम छ।

क्षेत्रीय युद्धमा आफ्नो प्रभुत्व बढाउनका लागि कयौं देश र संगठन उक्त ड्रोन किनिरहेका छन्। यसअघि मध्यपूर्वमा अमेरिका निर्मित ड्रोन खरिद गर्नेहरुलाई चिनियाँ हतियार निर्माताहरुले प्रलोभन दिइरहेको बताइएको थियो। यसबाट अमेरिकी सुरक्षा हितका लागि महŒवपूर्ण क्षेत्रमा चीनको प्रभाव बढाउन मद्दत पुगिरहेको छ। प्रतिवेदनमा वेइजिङले अमेरकाबाट हतियार लेस ड्रोनको किन्न नसक्ने देशहरुलाई चीनले सस्तोमा त्यस्ता हतियार आपुर्ति गरिरहेको छ र त्यो सस्तो पनि हुने गरेको छ।