जितको दाबी

0
Shares

अन्तानानारिभो, (एजेन्सी)
म्याडागास्करको राष्ट्रपतिय चुनावमा प्रतिस्पर्धा गरेका दुवै उमेदवारले आ–आफू विजयी हुने दाबी गरेका छन्। हिन्द महासागरको टापुराष्ट्र म्याडागास्करमा ती दुई उमेदवारबीच कडा प्रतिस्पर्धा भएको छ। दोस्रो चरणको यस चुनावमा दुवै उमेदवार आन्द्रे राजोलिना र मार्क राभालोमानानाबीच तीव्र प्रतिस्पर्धा भएको हो। तर अन्ततः चुनावको नतिजा जसको पक्षमा गए पनि हारेको पक्षले चुनावमा धाँधली भएको आरोप लगाउने सम्भावना रहेको बताइएको छ। पापाको उपनामले चिनिने राभालोमानानाले आफ्ना समर्थकलाई पार्टी मुख्यालयमा सम्बोधन गर्दै आफ्नो जित सुनिश्चित रहेको बताएका छन्।