पतिको रिहाइका लागि कपाल खौरेर प्रदर्शन


बेइजिङ, (एजेन्सी)
चीनमा जेलमा भित्ररहेका आफ्ना पतिलाई न्याय दिलाउन उनीहरुका पत्नीहरुले कपाल खौरेर प्रदर्शन गरेका गरेका छन्। पेसाले वकिल र उनका तीन समर्थक चीनको जेलमा बन्द छन् र बाहिर उनीहरुका पत्नीहरु आफ्ना पतिहरुको मुक्तिका लागि प्रदर्शन गरिरहेका छन्। चारैजना महिलाले देशमा कानुनी राज्य अन्त्य भएको र यसको विरोधमा उनीहरले हांगसेकुन उच्च अदालत सामुन्ने प्रदर्शन गरेको बताए।

हामी तालु भएर बस्न सक्छौं, तर देशमा कानुन समाप्त पार्ने काम गर्नहुँदैन। –प्रदर्शन गर्ने क्रममा महिलाहरुले बताएका थिए। चीनमा कपाल खौरेर तालु बन्नु र कानुनी राज्य अन्त्य हुनुको स्थितिलाई बुफा’ भन्ने गरिन्छ। ती सबै महिलाका पतिलाई सन् २०१५ जुलाइ ९ मा प्रदर्शनको आरोपमा गिरफ्तार गरिएको थियो। भूमि अधिग्रहण विरुद्ध वकील र उनका ३ समर्थक प्रदर्शन गरिरहेका थिए।

ती सबै ४ कार्यकर्तालाई राज्य शक्ति विरुद्ध गएको आरोपमा २०१६ मा मुद्दा तय गरिएको थियो। वकिल वाङ २ सय वकिलहरुमा पक्राउ परेका एक मात्र वकिल हुन्। वाङको रिहाइका लागि प्रदर्शन गरिरहेकी उनकी पत्नी ली वेंजुइले भनिन्– ‘हामी जान्न चाहन्छांै कि यो मुद्दामा नियमको पालना किन भइरहेको छैन। विगत ३ वर्ष हाम्रोतर्फबाट ३० भन्दा धेरै रिहाइका लागि अपिल पत्र गइसकेका छन्, तर अहिलेसम्म एकको पनि जवाफ पाएका छैनौं।’ लियु एरमिन सामाजिक कार्यकर्ता जही यानिमकी पत्नी हुन्। प्रदर्शनमा सहभागी लियुले जेलमा बन्द आफ्ना पतिलाई प्रताडित गरिएको बताएकी छिन्। उनलाई यातना दिइएको र सरकारी अधिकारीहरुले उनीहरुमाथि लगातार निगरानी गरिरहेको उनले बताइन्।