प्रसादमा कीटनाशक मिसाइ १५ जनाको ज्यान लिने महन्त गिरफ्तार


नयाँदिल्ली, (एजेन्सी)
भारतको दक्षिण राज्य तमिलनाडुको चामराजनगर स्थित महादेश्वरा हिल सलुरु मठका महन्त र उनका तीन सहयोगीलाई प्रसादमा विष मिसाएको आरोपमा गिरफ्तार गरिएको छ।
डिसेम्बर १४ मा उक्त नगरमा एक मन्दिरको शिलान्यासका अवसरमा बाँधेको प्रसाद खाएपछि १५ जनाको मृत्यु भएको थियो। प्रहरी जाँचमा भक्तजनलाई मार्ने षड्यन्त्र भएको खुलासा भएको थियो। त्यसका लागि महन्त र उनका सहयोगीहरुले प्रसादमा १५ बोटल कीटनाशक मिसाएका थिए। दवन्ना बुद्धि नामले चिनिएका ५२ वर्षीय महन्त पट्टदा इम्मादी महादेश्वरा स्वामी र उनका तीन सहयोगी, एक महिला, उनका पति र एक मित्रलाई गिरप्mतार गरिएको प्रहरी अधिकारी शरत चन्द्रले जानकारी दिएको छ। उनीहरुमाथि हत्या, हत्याको प्रयास तथा आपराधिक षड्यन्त्र रचेको आरोप लगाइएको छ।

अक्टोबरमा ट्रस्टले मठमा गोपुरम ९विशाल प्रवेश द्वार० बनाउने फैसला गरेको थियो। महन्तलाई त्यसका बारेमा बताइएको थियो। उनी यसलाई तमिलनाडुका आर्किटेक्चरबाट बनाउन चाहन्थे। महन्तका अनुसार यसमा १ करोड ५० लाख खर्च हुन्छ भन्ने थियो।

उक्त घटनाले महन्तमाथि पैसा कमाउन खोजेको आरोप लाग्यो। ट्रस्टले उनको योजनालाई अस्वीकार ग¥यो। ट्रस्टले त्यसको सट्टा ७५ लाख भारतीय रुपियाँमा एक मन्दिर बनाउने फैसला ग¥यो। डिसेम्बर १४ मा सोही मन्दिरको शिलान्यास कार्यक्रम थियो।

आफूमाथि भएको अपमानको बदला लिन पुजारीले शिलान्यास कार्यक्रममा प्रसादमा विषादी मिसाउने षडयन्त्र रचेको प्रहरीले बताए। ३५ वर्षीय महिलाले पुजारीलाई १५ बोटल कीटनाशक ल्याइदिएकी थिइन्। महिलाका पति र उनका साथीले त्यसलाई प्रसादमा मिलाएका थिए। यस घटनामा अन्य केही व्यक्तिहरु पक्राउ पर्न सक्ने प्रहरीले जानकारी दिएको छ।