मोबाइल फरेन्सिक इभेस्टिगेसन भ्यान हस्तान्तरण

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराध अनुसन्धानका लागि अत्यावश्यक आधुनिक उपकरण जडान गरिएको प्रहरी प्रधान मोबाइल फरेन्सिक इभेस्टिगेसन भ्यान महानगरीय प्रहरी अपराध महाशाखालाई हस्तान्तरण गर्नुभयो।

प्रहरी महानिरीक्षक खनालले महानगरीय प्रहरी अपराध माहाशाखा, टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहलाई उक्त भ्यानको चाबी हस्तान्तरण गर्नुहुँदै संगठनलाई साधन स्रोत तथा प्रविधियुक्त बनाउन संगठनको प्राथमिकता रहेको बताउँदै यस्ता साधन स्रोतको उचित प्रयोग हुनुपर्नेसमेत बताउनुभयो।

कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले जनताको अपेक्षाअनुरुप प्रहरी सेवा प्रदान गर्न सम्पूर्ण प्रहरी कर्मचारीले निष्पक्ष, इमानदारीता एवं निष्ठापूर्वक उच्च मनोबलका साथ काम गर्नुपर्ने उल्लेख गर्दै यस्ता प्रविधिलाई प्रदेशहरूमा पनि विस्तार गर्दै लैजाने बताउनुभयो।

उहाँले अनुसन्धानमा खटिने प्रहरी अधिकृतहरूले यस्ता प्रविधिको जिम्मेवारीपूर्वक समूचित प्रयोग गर्न निर्देशनसमेत दिनुभयो।
उक्त अवसरमा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान तथा कार्य विभागका तर्फबाट प्रहरी नायब महानिरीक्षक सूर्यप्रसाद उपाध्यायले मोबाइल फरेन्सिक इभेस्टिगेसन भ्यानको महŒवसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान तथा कार्यविभागले अपराध अनुसन्धानलाई थप प्रभावकारी र वैज्ञानिक बनाउने उद्देश्यअनुरुप क्राइम एक्सन प्लानअन्तर्गत आर्थिक वर्ष २०७४÷७५ को बजेटबाट उक्त भ्यान खरिद गरिएको जानकारी दिनुभयो।