काठमाडौं, (नेस)
धादिङ घर भई हाल चन्द्रागिरि नगरपालिका–६ मातातीर्थ बस्ने १५ वर्षीया बालिकालाई बुधबार बेलुकी जबरजस्ती करणी गरेको अभियोगमा कैलाली अत्तरिया नगरपालिका–६ घर भएका डब्बलबहादुर बोहोरालगायत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
चन्द्रागिरि नगरपालिका–६ महालक्ष्मीस्थान नजिक बालिकालाई अपरिचित व्यक्तिहरूले त्रास देखाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।











प्रतिक्रिया