हतियारको जवाफ हतियारले नै दिन्छौं ः प्रवक्ता विश्वकर्मा

0
Shares

वीरेन्द्रनगर, (नेस)
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले जनताको आवाजलाई हतियारले दबाउने मूर्खता नगर्न सरकारलाई चेतावनी दिएका छन्। सुर्खेतको वीरेन्द्रनगरमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने– ‘जनताको मुद्दालाई हतियारले दबाउन खोजे हामी पनि हतियारले नै जवाफ दिन्छौं। यसैले त्यो मूर्खता सरकारले गर्नुहुँदैन।’

देशमा भ्रष्टाचार, अन्याय र अत्याचारले सीमा नाघेको कारण जनता निरास भएको उल्लेख गर्दै उनले भ्रष्टाचारीलाई तह लगाउने बताए। दुईतिहाइको कम्युनिस्ट सरकारले पनि जनताका इच्छा र आकांक्षा पूरा गर्न नसकेकाले अब नयाँ ढंगको एकीकृत जनक्रान्तिको आवश्यकता रहेको उनले औंल्याए। ‘जनताको चाहना एकातिर छ। उनीहरूको जनजीवन एकदमै कहाली लाग्दो र जोखिमपूर्ण हुँदै गएको छ। तर संसद्वादी दलका नेताहरू सत्ताका लागि दौडधुप गरिरहेका छन्। उनीहरूले जनताको जनजीविकामा ध्यानै दिएका छैनन्। यस्तो अवस्थामा कसरी सुखी नेपाली समृद्धि नेपालको परिकल्पना साकार हुन्छरु’ –उनले भने