लहान ।
सुन भन्दै पहेँलो धातु बिक्री गरेको आरोपमा आज सिरहाको नवराजपुर गाउँपालिका–४ बाट तीन भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।
नवराजपुर गाउँपालिका–४ मा सुन भन्दै नक्कली पहेँलो धातु बिक्री गरिरहेको अवस्थामा भारतको मधुवनीका ३५ वर्षीय दिपस सिंह, सोही ठाउँका ४५ वर्षीय रामसेवक पासवान र ४५ वर्षीय नथुनी रामलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट दुई हजार २३४ ग्राम पहेँलो धातु बरामद गरिएको प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।
रासस











प्रतिक्रिया