श्रीमतीको ईच्छा विपरित करणी गर्ने श्रीमानलाई कैद र क्षतिपूर्ति

0
Shares

मनोज भट्ट, कञ्चनपुर ।
श्रीमतीको इच्छा विपरित करणी गर्ने श्रीमानलाई डेढ वर्ष कैद र १० लाख रुपैयाँ क्षतिपूर्ति दिलाउने फैसला कञ्चनपुर जिल्ला आदालत गरेको छ ।

आदालतले श्रीमतीको इच्छा विपरित करणी गर्ने श्रीमानलाई गत कार्तिक दोस्रो साता भीमदत्त नगरपालिका–२ भाँसीकी मञ्जु जोशीले श्रीमान डम्बर राज जोशी बिरुद्ध दायर जबरजस्ती करणी मुद्दामा हालै आदालतले फैसला गरेको हो ।

जिल्ला न्यायाधीश प्रकाश कुमार अधिकारीको इजलासले श्रीमानलाई डेढ वर्ष थुना र १० लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका नायव सुब्बा दानबहादुर सुनारले जानकारी दिए ।

श्रीमान डम्बरले आफ्नो इच्छा विपरित यौन सम्पर्क राखेको भन्दै मन्जुले उजुरी दिएपछि अदालतले प्रकाशलाइ पूर्पक्षका थुनामा राख्ने आदेश दिएको थियो । प्रहरीका अनुसार डम्बर र मञ्जुले डेढवर्ष अघि भागेर विवाह गरेका थिए ।