पर्वतमा पर्ने राजमार्ग ‘फोहोर फाल्न निषेधित क्षेत्र ’

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत ।
पर्वत जिल्लामा पर्ने मध्यपहाडी लोकमार्ग र मुस्ताङ्ग जोड्ने मालढुंगा– बेनी सडक खण्ड अब ‘फोहोर फाल्न निषेधित क्षेत्र’ बन्ने भएका छन ।

मुख्य सडकमा जथाभावी फोहोर फाल्ने क्रम नरोकिएपछि स्थानिय तह र प्रहरीको सहकार्यमा ‘फोहोर निषेधित क्षेत्र बनाउन थालिएको हो । सडकलाई फोहोर निषेधित क्षेत्र घोषणा गर्न लागिएको संभवत मुलुककै पहिलो अभ्यास हो ।

पर्वतको र कास्कीको सिमाना धौलागिरी गेट देखि पर्वत र बागलुङ्ग जिल्लाको सिमाना मालढुंगा सम्मको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड र मालढुंगा देखि म्याग्दीको सिमाना वारीबेनी सम्मको सडक खण्ड गरि ४२.५ किलोमिटर सडक खण्डमा फोहोर फाल्न निषेध गरिएको हो ।

पर्यटकीय हबको रुपमा बिकास हुँदै गएको पर्वतमा आउने आन्तरिक र बाह्य पर्यटक र सवारी साधनमा यात्रा गर्ने सर्वसाधरण यात्रुलाई समेत सचेत बनाउँदै निषेधित क्षेत्र लागु गर्ने तयारी प्रहरीको छ । ‘स्थानिय तहको सहकार्यमा यो अभियान सञ्चालन गर्न लागेका हौ’ जिल्ला प्रहरी प्रमुख भुवनेश्वर तिवारीले भने ‘सडकलाई फोहोर निषेधित क्षेत्र घोषण गर्न लागिएको संभवत पहिलो अभ्यास भएकाले यसलाई सफल कार्यान्वयन गर्ने पक्षमा छौ’ ।

सडक क्षेत्र पर्ने मोदी गाउँपालिका, कुस्मा नगरपालिका र जलजला गाउँपालिकाले आफ्नो क्षेत्रलाई फोहोर फाल्न निषेधित क्षेत्र घोषणा गर्ने प्रमुख तिवारीले बताए । पालिकाको शुरुवात र अन्त्य हुने ठाउँमा सचेतनामुलक होडिङ्ग बोर्ड राख्ने, सवारी साधनमा फोहोर नफाल्ने स्टिकर टाँस्ने तथा प्रहरी सहित पालिका, वडा र टोल तहका सामुदायिक प्रहरी समितिले हरेक सवारी साधनमा चढेर यात्रुहरुलाई अनुरोध गर्ने कार्यक्रम राखिएको छ । शुरुमा जनचेतना जगाउने र पछिल्ला दिनमा फोहोर फालेको भेटेमा काबार्ही गर्ने योजना बनाइएको प्रमुख तिवारीले बताए ।

जिल्ला प्रहरी कार्यालयले बिभिन्न क्षेत्रका ब्यक्ति संग दैनिक रुपमा आयोजना गर्ने ‘टि टक’ कार्यक्रममा तीन वटै पालिकाका प्रमुख र प्रतिनिधीको उपस्थितिमा सरसफाईलाई नमुना बनाउनका लागि सडकमा जथाभावी फोहोर नफाल्ने निर्णय भएको थियो । अभियानकै क्रमाा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतको नेतृत्वमा पोखरा बागलुङ सडकखण्ड अन्तरगत कुश्माको बान्द्रेबिंडीदेखि दुर्लुङचोकसम्मको सडक सरसफाई समेत गरिएको छ ।

सरसफाई आँपैmले नै बाटोको सरसफाई शुरु गरेको हो । ट्राफिक प्रहरी प्रमुख रामकृष्ण गौलीका अनुसार मध्यपहाडी लोकमार्ग बिस्तारको क्रममा सडकमा निस्किएका ढुंगाहरु पूर्ण रुपमा हटाईएको छ । ट्राफिक प्रहरी प्रमुख गौलीका अनुसार अबबाट कसैले पनि सडकमा फोहोर फालेको पाईएमा फोहोर फाल्ने व्यक्तिलाई पक्राउ गरी उसलाई सडकको फोहोर हटाउन लगाईने छ । यो कामको शुरुवात पनि आजैबाट भैसकेको उहाँको भनाई छ ।