नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर तिलक रावल विरुद्ध भ्रष्टाचार मुद्दा दायर

0
Shares

काठमाडौँ ।
नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर तिलक रावल सहित ३ जना बिरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  १० रुपैयाँ दरको ५ करोड थान पोलिमर नोट छपाईमा आर्थिक अनियमितता गरेको भन्दै मुद्दा दायर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहिबार नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर तिलक रावल, तत्कालिन नोट बिभाग प्रमुख उपेन्द्र केशरी पौड्याल र स्थानीय प्रतिनिधिका रुपमा रहेका मे फ्लावर लिमिटेडका हिमालय बहादुर पांडे बिरुद्ध बिशेष अदालतमा भ्रष्ट्राचार मुद्दा दायर गरेको हो ।

अख्तियारले तिनै जना संग समान ९१ लाख ९ हजार ८ सय ८९ रुपैयाँ बिगो माग गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट अष्ट्रेलियामा १० रुपैयाँ को ५ करोड थान पोलिमर नोट छपाई गर्दा अष्ट्रेलियाको स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाई भएको, बोलपत्र पूर्व नै नेपाल राष्ट्र बैंकले नोट प्रिन्टिङ अष्ट्रेलियासँग बोलपत्रका मस्यौदा लिएको, संचालक समितिका निर्णय चुहाएको , जर्मन कम्पनीसँगको साँचो नोट प्रिन्टिङ अष्ट्रेलियालाइ हस्तान्तरण गर्न लगाएको , छापिएका नोटका कमि कमजोरी मिडियामा नल्याउनका लागी मिडियाकर्मीहरुलाई थाईल्याण्ड हुदै अष्ट्रेलिया पठाएको, नोट छपाईका लागि जसलाई पछि कार्यादेश दिइएको हो ।

उसलाई नै बोलपत्र पूर्व नै नोटको डिजाईन गर्न लगाएको, बोलपत्रका क्रममा स्थानीय प्रतिनिधिको प्रभावमा राजश्व छल्ने नियतले कमिशन उल्लेख नगरेको, नेपाल राष्ट्र बैंकका एव् नोट प्रिन्टिङ अष्ट्रेलियाका पदाधिकारीहरु र त्यसका स्थानीय प्रतिनिधिले नेपाल राष्ट्र बैंकलाई अस्वभाविक मूल्य तिराई नोक्सानी पुर्याएको ।