‘क्रिसमस डे’ मा सार्वजनिक बिदाकाे माग

0
Shares

काठमाडौं ।
राष्ट्रिय ख्रिश्टियन महासंघले क्रिसमस दिवसमा सार्वजनिक बिदा दिन सरकारसँग माग गरेको छ ।
डिसेम्बर २५ मा येशु ख्रिष्टको जन्म भएको अवसरमा हरेक वर्ष यो दिनलाई क्रिसमस दिवसका रुपमा मनाइँदै आइएको छ । १० गते मंगलबार क्रिसमस दिवस पर्दछ ।

महासंघले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी ख्रिश्टियन समुदायको भावनाको सम्मानको लागि सार्वजनिक बिदा दिनुको बिकल्प नरहेको महासंघ अध्यक्ष सिबि गहतराजले बताउनुभयो । ‘बिदा नदिने हो भने हाम्रो भावनमाथि ठूलो चोट पुग्नेछ, सरकारले हामीलाई विभेद गर्नु हुँदैन’ गहतराजले भन्नुभयो ।‘

२०६४ सालदेखि क्रिसमस दिवसमा बिदा दिँदै आइएको थियो तर २०७२ सालबाट कटौती गरिएको छ, यसमा आपत्ति छ ।’ महासंघले देशभर ३० लाखभन्दा बढी क्रिश्चियन र १२ हजारभन्दा बढी चर्च तथा मण्डली रहेको जनाएको छ ।

महासंघले सरकारले यसअघि आफूहरुसँग गरेको सम्झौता कार्यान्वयन गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । मृत्युपछि गरिने दाहसंस्कारका लागिसमेत छुट्टै स्थान छुट्याइनुपर्ने महासंघको माग छ । यसअघि पशुपतिको बनकालीमा समाधीस्थल छुट्याइएपनि पछिल्लो समयमा यो व्यवस्था पनि हटाइदिएपछि उनीहरु समस्यामा परेका हुन् ।