सरिता चलाउने, सल्यान ।
सल्यान जिल्लाको एकिकृत पर्यटकीय विकास गर्ने उद्देश्यले ल्याइएको पर्यटकीय चक्रपथ निर्माण योजनाको काम शुरु भएको छ । यस योजनालाइ निकै महत्वको साथ हेरिएको छ । सल्यान जिल्लालाइ छिमेकी जिल्लाहरुको सिमानासंगै परिक्रमा गर्ने गरि चक्रपथ निर्माण कार्य कपुरकोटदेखि शुरु भएको हो ।
स्थानीय पूर्वाधार विकास साझेदारी विकास कार्यक्रम अन्तर्गत ५० लाख रुपैयाँको बजेटबाट चक्रपथ निर्माण कार्य शुरु गरिएको हो । र यस योजनाको लागी संघिय सरकारबाट थप एक करोड रुपैयाँ विनियोजन भएको संघीय प्रतिनिधीसभाका सांसद् टेक बहादुर बस्नेतले बताउनु भएको छ ।
कर्णालिको प्रवेशद्धार कपुरकोटबाट शुरु भएर यस चक्रपथले जिल्ला परिक्रमा गर्ने र फेरि कपुरकोटमै आएर टुंगीने बस्नेतले जानकारी दिनुभयो । उहाँले भन्नु भयो्ः ‘सल्यान जिल्लाको विकास र पर्यटन प्रवद्र्धनमा यो चक्रपथले निकै लाभदायी हुने छ । मेरै कार्यकालमा यो योजना सफल पारिने छ ।’
स्थानीय तहहरुसंगको समन्वयमा यो रणनैतीक महत्वको योजना अघि बढाइएको जनाउँदै पूर्व सामान्य प्रसाशन मन्त्री समेत रहेका वस्नेतले शुरुमा कपुरकोट गाउँपालिकासंग समन्वय र छलफल गरेर निर्माण कार्य शुरु गरिएको बतानु भयो ।
उहाँका अनुसार करिव २६० किलोमिटर सडक निर्माण भएमा सल्यान परिक्रमा गर्ने चक्रपथ पुरा हुन्छ । अहिले विभिन्न स्थानीय तहहरुले आआफ्नो क्षेत्रमा १२० किलोमिटर निर्माण गरिसकेका छन् । साथै यहि आर्थीक वर्षमा यस चक्रपथलाइ जोड्ने सडकका लागी बागचौर नगरपालिकाले ५० लाख, दार्मा गाउँपालिका र बनगाड कुपिण्डे नगरपालिकाले २०/२० लाख र कुमाख गाउँपालिकाले १५ लाख रुपैयाँ विनियोजन गरेका छन् ।
सांसद् वस्नेतले भन्नु भयो, ‘बाँकी रहेको १४० किलोमिटर नयाँ सडक निर्माण गर्न केहि चुनौती रहेपनि हामी अवश्य सफल हुनेछौँ ।’ निर्माण उपभोक्ता समितीमार्फत सडक खन्न शुरु गरिएको उहाँले बताउनु भयो । यस चक्रपथले दाङ, बर्दिया, सुर्खेत, जाजरकोट, रुकुम र रोल्पाको सिमाना हुँदै सल्यान परिक्रमा गर्ने छ ।
चक्रपथ निर्माण कार्यको शुभारम्भ कार्यक्रममा जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर विष्टले चक्रपथ निर्माण हुनु सल्यानीको लागी सुखद् कुरा भएपनि सडक फराकिलो र धु्लो, हिलो मुक्त हुनुपर्नेमा जोड दिनु भयो । समयमै योजना सम्पन्न गर्नु ठूलो कुरा भएको बताउँदै उनले विचमै योजना अलपत्र हुन नहुने बताउनु भयो ।
यस्तै कपुरकोट गाउँपालिकाका अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टि (नेकपा) का कर्णालि प्रदेश कमिटी सदस्य भिम बहादुर सेनले यस चक्रपथले कपुरकोटको सम्भावनालाइ उजागर गरेको बताउँदै सबै मिलेर योजना सफल पार्नुपर्ने बताउनु भयो ।











प्रतिक्रिया