सीताराम चौधरी, कपिलवस्तु ।
इलाका प्रहरी कार्यालय गणेशपुरले घरमै लुकाएर राखेको ७ किलो ५सय ग्राम लागूऔषध चरेस बरामद गरेको छ ।
विशेष सुराकीको आधारमा प्रहरी निरीक्षक नबिन पौडेल नेतृत्वको टोलीले कपिलवस्तुको कृष्णनगर नगरपालिका १०, खैराका रफिक खाँको घरबाट चरेस बरामद गरेको हो ।
प्रहरीले खाँको घरमा खानतलासी गर्दा घरको कुनामा परालले ढाकेर राखेको अवस्थामा चरेस फेला पारिएको प्रहरी निरीक्षक पौडेलले बताए । प्रहरीको चाल पाई घरका सदस्य भने फरार भएको र उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया