जुवातास खेल्ने १३ जना पक्राउ

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
टोखा नगरपालिका–१ झोर बस्ने ३० वर्षीय सुरज लामाले सञ्चालन गरेको सुक्रिया लामा खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा सुरज लामा समेत १३ जनालाई नगद ७४ हजार १ सय ६० रुपैयाँ र ६ बुक तास सहित बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग टोखाबाट खटिएको प्रहरीले जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।