बिरामीको बिश्वास जित्दै जिल्ला अस्पताल डोटी

0
Shares

विमल बिष्ट, डोटी ।
लामो समयसम्म सेवाग्राही र सरोकारवालाको आलोचनाको बिषय बन्दै आएको डोटी जिल्ला अस्पताल पछिल्लो समयमा बिरामीको बिश्वास जित्न थालेको छ ।

अस्पतालमा जिल्ला भन्दा बाहिरबाट समेत उपचारका लागि बिरामीहरु आउन थालेका छन । अस्पतालले प्रशुति शल्यक्रियामा सुदूरपश्चिमको पहाडी जिल्लामा सेवाग्राहीको बिश्वास जितेको दाबी गरेको छ ।

छिमेकी जिल्ला अछाम, डडेल्धुरा र बाजुराबाट समेत शल्यक्रियाका लागी बिरामी आउने गरेको जिल्ला अस्पताल डोटीका चिकित्सक डाक्टर गिरिस अवस्थीले बताउनु भयो ।
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा रहेको जिल्ला अस्पतालमा अहिले अनुभबी डाक्टरहरु आएपछि अस्पतालले बिरामीको बिस्वास जित्न थालेको अस्पताल व्यबस्थापन समितिका अध्यक्ष सोपान सिंह बोहराले बताउनु भयो ।

‘अस्पतालमा अनुभबी डाक्टरहरु आएका कारण अहिले बिरामी पनि थपिदै आएका छन् उहाँले भन्नु भयो ‘पहिला सामान्य खाले बिरामी पनि उपचारका लागि जिल्ला बाहिर जान्थे अहिले अनुभबी डाक्टर आएका कारण बिरामीले अनेत्र जानु परेको छैन् ।’

जिल्ला अस्पताल डोटीमा यस बर्षमा ६८ जनाको प्रशुति शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । सहज गरी बच्चा पाउन नसकेका महिलाको शल्यक्रिया मार्फत बच्चा निकालिने गरिएको डाक्टर अवस्थीले बताउनु भयो । उहाँले भन्नु भयो ‘अनुभबी डाक्टर सहित अस्पतालमा शल्यक्रियाका उपकरण पनि आएकाले हामीलाई उपचार गर्न सजिलो भएको छ ।’

३० जना महिलाले पहिलो बच्चा पाउदा पनि शल्यक्रिया गरेकाहरुको पुनहः दोस्रो पटक शल्यक्रिया गरेरै बच्चा जन्माएको अस्पतालका अर्का चिकित्सक डाक्टर घनश्याम भट्टले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘पहिलो पटक शल्याक्रिया गरेको ब्यक्तिको दोस्रो पटक पनि शल्यक्रिया गर्दा जोखिम हुने भएपनि आफुहरुले सफलतापुर्वक शल्याक्रिया गरी सकुसल बच्चा निकाल्न सफल भएका छौ ।’ गत आर्थिक वर्षको तुलनामा यस वर्ष दोब्बर संख्यामा बिरामी आउने गरेको अस्पताले जनाएको छ । अस्पतालको भौतिक तथा सेवा प्रवाहमा सुधार भएको छ ।