राष्ट्रपति ट्रम्पको विवादस्पद पारिवारिक च्यारिटी संस्था बन्द हुने


वासिङटन (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादास्पद च्यारिटी फाउन्डेसन बन्द गर्न सहमत भएको छ । राष्ट्रपति ट्रम्प र उनका सन्तानहरुमाथि फाउन्डेसनको कोष गैर कानुनी तरिकाले प्रयोग गरिरहेको आरोप लागिरेहको छ ।

विवाद बढ्दै गएपछि डोनाल्ड ट्रम्प आफनो पारिवारिक च्यारिटी ‘ट्रम्प फाउन्डेसन‘लाई बन्द गर्न सहमत भएको हो । न्युयोर्कका न्यायधिवक्ता जनरल बारबर अन्डरवुडले उक्त मामिलामा ट्रम्प परिवार विरुद्ध मुद्दा दायर गरेका थिए ।

आफ्नो ब्यापारिक तथा राजनितिक फाइदाका लागि ट्रम्पले कोषको प्रयोग गरेको बारबराले आरोप लगाएका थिए । अब ट्रम्प फाउन्डेसनलाई न्यायिक पर्यवेक्षणमा भंग गरिनेछ र उसको बाँकी कोष अन्य च्यारिटी संस्थाहरुलाई वितरण गरिनेछ ।

अमेरिकी राष्ट्रपति र उनका तीन सन्तान अब न्युयोर्कको कुनै अर्को च्यारिटीको बोर्ड सदस्य पनि बन्न पाउने छैन । उनीहरुमाथि त्यसता गतिविधिमा लाग्न प्रतिबन्ध लगाएको छ ।

यसबीच फाउन्डेसनका वकिलले न्यायधिवक्ता जनरल बारबरा अन्डरवुडमाथि मुद्दालाई राजनितिकरण गरेको आरोप लगाएका छन् । ट्रम्प र उनका परिवार विरुद्ध चलिरहेको यो एक मात्र कानुनी मामिला होइन । यसता अन्य विषयले ट्रम्प परिवारलाई अप्ठ्यारो पारिरहेको छ ।

सन् २०१६ को राष्टपति चुनावमा रुसी हस्तक्षेपको मामिला यसमा सबैभन्दा प्रमुख हो । यस मामिलाको जाँच एफबीआईका पुर्व प्रमुख रोबर्ट मुलरले गरिरहेका छन् ।

अन्डरवुडका अनुसार ट्रम्प र उनका सन्तान इवान्का र एरिक विरुद्ध उक्त मुद्दाले निरन्तरता लिइरहनेछ । ट्रम्पको उक्त पारिवारिक फाउन्डेसनलाई धेरै जसो कोष दातृहरुबाट प्राप्त हुन्थ्यो । ट्रम्प सन् २०१६ को राष्ट्रपति चुनावमा उक्त फाउन्डेसको प्रयोग राजनितिक हथकन्डाका रुपमा प्रयोग गरेको अन्डरवुडले आरोप लगाएको छ ।

ट्रम्पको उक्त फाउन्डेसनलाई न्यायिक पर्यवेक्षमा भंग गरिने र यसको सम्पतीलाई उनको कार्यालयद्वारा स्विकृत प्रतिष्ठित संस्थानहरुमा वितरण गरिने जानकारी दिए ।

उनले भने, ‘यो कानुनको ठुलो जित हो, यसबाट प्रष्ट हुन्छ कानुन सबैका लागि बराबर हो ।