शिवम् सिमेन्टले लक्ष्मी हातमा देव दर्शन शिवम्का साथमा योजना ल्यायो

0
Shares

काठमाडौं, (नेस) शिवम् सिमेन्टले ‘लक्ष्मी हातमा देव दर्शन शिवम्का साथमा’ नामक नयाँ योजना बजारमा ल्याएको छ ।

शिवम्ले हरेक वर्ष नयाँ–नयाँ योजना बजारमा ल्याउँदै आएको छ । यो योजनाअन्तर्गत प्रत्येक १० बोराको खरिदमा एउटा कुपन प्राप्त गर्न सकिन्छ । उक्त कुपनको स्क्र्याच गर्ने भागमा स्क्र्याच गरी २ दशमलव ५ ग्रामदेखि १० ग्राम सुनको सिक्का वा सय रुपियाँदेखि हजार रुपियाँसम्मको नगद पक्का जित्न सकिने कम्पनीले जनाएको छ । नगद पुरस्कार तुरन्तै वितरकबाट प्राप्त गर्न सकिनेछ भने, सुनको लागि ९८०१११४६५८ मा सम्पर्क गरी नजिकको वितरक वा शिवम् सिमेन्टको शाखा कार्यालयबाट प्राप्त गर्न सकिनेछ ।

त्यस्तै गोसाईकुण्ड हेलिकप्टर यात्राको लागि कुपनको अर्धकट्टीमा आफ्नो नाम, ठेगाना र मोबाइल नम्बर स्पष्ट रुपमा लेखी लक्की–ड्र बक्समा हाल्नुपर्नेछ । संकलित कुपनलाई टेलिभिजनबाट प्रत्यक्ष प्रसारणमार्फत लक्की–ड्र गरी विजेता चयन गरिने कम्पनीले जनाएको छ ।