सिभिल बैंक र ज्योति लाइफ इन्स्योरेन्सबीच सम्झौता

0
Shares

काठमाडौं, (नेस) । सिभिल बैंकले जीवन बीमा सेवालाई विस्तार गर्ने उद्देश्यले ज्योति लाइफ इन्स्योरेन्ससंँग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र ज्योति लाइफ इन्स्योरेन्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रकाश खत्रीले हस्ताक्षर गर्नुभयो ।

अब ज्योति लाइफ इन्स्योरेन्सका जीवन बीमा सेवालाई बिना झन्झट सिभिल बैंकका देशभर छरिएका ७१ शाखामार्पmत उपलब्ध गरी ग्राहकलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताउनुभयो ।

बैंकले चालँ आर्थिक वर्षको प्रथम चौमासमा (एनएफआरएस अनुसार) १८ करोड ५० लाख कमाउन सफल भएको छ ।