सिटिजन्स बैंकका ग्राहकले र ब्लू क्रस हस्पिटलमा छुट पाउने

0
Shares

काठमाडौं, (नेस) ।
सिटिजन्स बैंक इन्टरनेसनल र ब्लँ क्रस हस्पिटल प्रालिबीच बैंकका ग्राहकलाई हस्पिटलको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका प्रमुख सञ्चालन अधिकृत पारस कुमार काफ्ले र हस्पिटलका तर्फबाट व्यवस्थापन समँहका सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गर्नु भएको छ ।

यस सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट÷क्रेडिट कार्डवाहक ग्राहक तथा परिवारका सदस्यले ब्लँ क्रस हस्पिटल प्रालिमा उपचार गराउँदा तथा अन्य सेवा लिंँदा विशेष छुट पाउनेछन् । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्ना ८० वटा शाखा, ७५ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ एकाईहरुबाट करिब ३ लाख ५० हजार ग्राहक बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको छ ।