एनआईसी एसिया बैंकको लाभांश पारित

0
Shares

काठमाडौं, (नेस)
एनआईसी एसिया बैंक २१औं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । उक्त साधारणसभाले गत आवको सञ्चालक समितिको वार्षिक प्रतिबेदन पारित गर्नुको साथै लेखापरीक्षण प्रतिवेदनसहित २०७५ असारको वासलात र गत अव २०७४÷७५ को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक वित्तीय विवरण स्वीकृत गरेको छ ।

साधारण सभाले बैंकको सहायक कम्पनी एनआईसी एसिया लघुवित्त वित्तीय संस्था र एनआईसी एसिया क्यापिटलसहितको आव २०७४÷७५ को एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ । सभाले चालँ आवको लागि टीआर उपाध्याय एन्ड कम्पनीलाई बाह्य लेखापरीक्षकमा नियुक्त गरेको छ ।

साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम १० प्रतिशतका दरले ८० करोड ३१ लाख ११ हजार ७ सय रुपियाँ बोनस शेयर वितरण गर्न र सोमा लाग्ने कर प्रयोजनको लागि शँन्य दशमलव ५२६ प्रतिशत अर्थात ४ करोड २२ लाख ६९ हजार ३७ रुपियाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

उपरोक्त बमोजिमको बोनस शेयर वितरणबाट बैंकको साविक अधिकृत पँँजी ८ अर्ब ४ करोडलाई वृद्धि गरी ८ अर्ब ८४ करोड मात्र बनाउन, साविक तत्काल चुक्ता पुँजी ८ अर्ब ३ करोड ११ लाख १६ हजार ९९८ रुपियाँलाई वृद्धि गरी ८ अर्ब ८३ करोड ४२ लाख २८ हजार ६९८ रुपियाँ बनाउन स्वीकृत प्रदान गरेको छ ।

हालसम्म बैंकको वासलातको आकार २११ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १६९ अर्ब तथा कुल कर्जा करिब १४५ अर्ब रहेको छ । २७० शाखा, २८७ एटीएम, ३७ वटा एक्सटेन्सन काउन्टर एवं २० वटा शाखारहित बैंकिङ इकाईमार्फत करिब १४ लाख ग्राहकलाई बैंकले सेवा दिँदै आएको जनाएको छ ।