ग्लोबल आइएमई बैंक र दोहा बैंकबीच रेमिट्यान्स सम्झौता

0
Shares

काठमाडौं, (नेस)
ग्लोबल आइएमई बैंक र कतारस्थित दोहा बैंकबीच रेमिट्यान्स कारोबारसम्बन्धी सम्झौता पत्रमा बु्धबार हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा दोहा बैंकका प्रमुख कार्यकारी अधिकृत डा. आर सीथारमन र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले हस्ताक्षर गर्नुभएको हो ।

दोहा बैंकको विभिन्न १४ मुलुकमा शाखा सञ्जाल तथा प्रतिनिधि कार्यालय रहेको छ । सम्झौता पश्चात कतारमा रहेका नेपालीले कतारको दोहा बैंकका शाखा तथा अनलाइन मोबाइल एप्लिकेशनमार्फत नेपाल पैसा पठाउन सक्नेछन र उक्त रेमिट्यान्स ग्लोबल आइएमई बैंकका शाखा तथा आईएमई र जीएमईका एजेन्टमार्फत भक्तानी लिन सकिनेछन् ।