तत्काल कायार्न्वयन: अर्थ

0
Shares

नेपाल समाचापत्र
काठमाडौं
मुद्रा तथा पुँजी बजारमा देखिएका समस्याबारे अध्ययन गर्न गठित समितिले बुधबार अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रतिवेदन बुझाएको छ । अर्थ मन्त्रालयले वित्तीय स्थायित्व कायम गर्न एवम् औद्योगिक तथा पुँजी बजार क्षेत्रमा लगानीका लागि देखिएको समस्या पहिचान गरी सुझाव पेश गर्न नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदलको प्रतिवेदनमा उत्पादनमुलक क्षेत्रमा ऋण विस्तार गर्नुपर्ने, शेयर बजारको ऋण खुकुलो बनाउनुपर्ने, पँुजी बजारमा गैरआवासीय संघ ल्याउनुपर्ने लगायतका सुझाव दिएको बताइएको छ । गत मंसिर २० गते गठित कार्यदललाई सात दिनभित्र सुझाव पेश गर्न भनिए पनि अध्ययनका क्रममा केही थप समय लागेकाले प्रतिवेदन बुझाउन ढिला भएको हो । उक्त प्रतिवेदनमाथि उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिमा छलफल भई यथाशीघ्र कार्यान्वयनमा पठाउने निर्णय भएको अर्थ मन्त्रालयले जनाएको छ ।
यसैबीच बुधबार पनि पुँजी बजार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसँचक बुधबार ५ दशलमव ४६ अंकले घटेर १ हजार १ सय ६२ दशमलव ७० अंक कायम भएको छ ।

कुल १ सय ५८ वटा कम्पनीको १३ लाख २ हजार ८ सय २२ कित्ता शेयरको ४ हजार ४ सय ४२ पटक खरिदबिक्री हुँदा ३८ करोड ७२ लाख रुपियाँ बराबरको कारोबार भएको छ । बुधबार चारवटा समँहको उपसुचक बाहेक बाँकी सबै समँहको उपसुचक घटेको छ । विकास बैंक समँहको उपसँचक १४ दशलमव ९७ अंक, वित्त समँहको उपसँचक १ दशमलव शँन्य ३ अंक, निर्जीवन बीमा कम्पनीको उपसँचक १७ दशलमव ६९ अंक र उत्पादनमुलक समँहको उपसँचक २ दशमलव ३३ अंकले बढेको छ ।

अन्य ६ वटा समँहको उपसुचकमा भने गिरावट आएको छ । सबैभन्दा धेरै जीवन बीमा समँहको उपसँचक ३६ दशमलव ५६ अंकले घटेको छ । त्यसैगरी बैकिङ समँहको उपसँचक ८ दशमलव ६५ अंकले, होटल समँहको उपसुचक ५ दशमलव ५४ अंकले, जलविद्युत् समँहको उपसँचक २ दशमलव १३ अंकले, अन्य समँहको उपसँचक शँन्य दशमलव २४ अंकले घटेको छ ।
बुधबार सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३ करोड ५२ लाख रुपियाँको शेयर कारोबार भएको छ ।

त्यस्तै काबेली विकास बैंकका शेयरधनीले प्रतिकित्ता ९ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् भने ङादी ग्रुप पावर कम्पनीका शेयरधनीले प्रतिकित्ता ९ प्रतिशतका दरले गुमाएका छन् ।