बालक थुनेर अभिभावक काममा

0
Shares

गणेश साम्पाङ, पाँचथर
दाम्लोले बाँधेर राखिएको बालकको उद्धार पछि उपचारका लागि अस्पताल पठाइएको एक महिना नपुग्दै पाँचथरको हिलीहाङ गाउँपालिका वडा न ६ अर्खोलेमा कोठामा थुनिएका एक बालक फेला परेको छ ।

नौ बर्षिय शुसन योङहाङलाई घरका मान्छे्हरु काम गर्न जादा हेर्ने मान्छे नभए पछि बालकलाई कोठामा थुनेर राख्नु परेको बालकका निनी मनिषा थोक्लिहाङ बताउँछिन । चार बर्ष सम्म बालकको मानशिक अबस्था सामान्य थियो छिमेकीको बिहेमा गएको बेला एक्कासी बालक बिरामी भयो मुर्छा परेको जस्तो भयो त्यही दिन देखि बालकको मानसिक अबस्थामा समस्या आएको हो । बिरामी भए पछि उपचारका लागि झापा सम्म लैजादा पनि रोग पत्ता नलागेको मनिषा बताउँछिन शुरुमा ंबिरामीको अबस्था अलिक सामान्य थियो पछि बिस्तारै आँखा कम देख्ने नबोल्ने मानसिक अबस्था प्रतिकुल बन्दै गयो ।

सामान्य परिवारका बालक शुसनको आमा अहिले भने इटहरीमा बस्दै आइ रहेका छन । मावली घरमा बस्दै आइ रहेका उनलाई थप उपचारका लागि लैजाने सल्लाह भई रहेको मनिषा बताउँछिन । हेर्दा अरु सामान्य प्रकृतिको जस्तो देखिने देखिने बालक केही बर्ष अघि सम्म उनको अबस्था सामान्य थियो छिमेकीहरु भन्छन ।

दिएको कुरा थापेर खाने शरिरको कुनै भागमा बढी पिडा भयो भने कराउने जस्ता प्रतिक्रिया देखाउने बालकलाई अहिले नै उपचार गर्न आर्थिक अभावका कारण सम्भावना नरहे पनि पछि गर्ने सोच रहेको बताउँछिन ।

बालकको अबस्था बारेमा आफु जानकार रहेको र बालकलाई थप उपचारका लागि अन्य सुबिधा सम्पन्न ठाउँमा लैजान चाहे वडा कार्यालय सहयोग गर्न तयार रहेको हिलीहाङ गाउँपालिका वडान ६ का वडा अध्यक्ष कृष्णबहादुर यवा लिम्बु भन्छन ।

घरक अभिभावकहरु काममा जानु पर्दा पहिला पहिला कहिले घर भित्र कहिले सिकुवामा बाधँेर समेत राखिएको थियो । कोही नभएको बेलामा बालक टाडा जान्छ भनेर त्यसरी राखिएको अभिभावकहरु भन्छन ।