बेगमलाई बचाउन सहयोगी दाता जुटे

0
Shares

धनवीर दाहाल, रुकुम
आफ्नो परिवार पाल्नका लागी ज्यान बाजी राखेर काम गर्न अर्काको देशमा जानुपर्ने बाध्यता छ । अर्काको देशमा गएर पनि सुख त कहाँ छ र । रुकुम पश्चिमको बाँफिकोट गाँउपालिका ५ का बेगम के.सी यति बेला ठुलो बर्जपातमा छन् । कारण हो आर्थिक अभाव ।

बाँफिकोट गाँउपालिका ५ अमिलाखोला निबासी बेगम के.सी झट्ट हेर्दा स्वस्थ मानिन्छन् । तर उनको आधा शरिर चल्न छाडेको चार बर्ष भइसकेको छ । गरिवीको कारण धन कमाउन भारतको सिम्ला गएका उनी काम गर्दै गर्दा दुर्घटनामा परेका थिए । उनको उपचारमा आर्थिक समस्या भएपछि घरमै फिर्ता ल्याइयो । कम्मर भन्दा मुनीको भाग नचल्ने बेगमलाई बचाउनका लागी यति बेला स्थानीय सरकार र उनका आफन्तहरु जुटिरहेका छन् । आफुलाई बचाउन बेगमले सबैसँग आग्रह गरिरहेका छन् । “मलाई बचाउन सहयोगी मनहरुले ठुलो सहयोग गर्नुभयो” उनले भने म अव छिटै उपचारका लागी काठमान्डौ जानेछु ”।

रुकुम पश्चिमको बाँफिकोट गाँउपालिका लगाएत अन्य ठाँउबाट अमेरिका, मलेसिया लगाएतका देशमा गएका नेपालीहरुले सहयोग रकम संकलन गरी बेगमलाई पठाएका छन् । १३ लाख४९ हजार १७२ रुपैंया एक कार्यक्रमको आयोजना गरी हस्तानरण गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य बशन्त शर्माले उनको उपचारको लागी ५४ जना जति सहयोगी दाताले पठाएको रकम हस्तानतरण गरेका हुन् । बेगमको उपचारका लागी राम्रो ठाँउमा लिने वातावरण मिलाउने गाँउपालिकाका अध्यक्ष धर्मबहादुर के.सीले बताए ।
आर्थिक अभावको कारण परिवार पाल्न कठिनाई भएपछि भारतको सिम्ला सम्म पुगेका बेगमलाई ठुलै बर्जपात भयो । आफ्नो अभिभावकले केही कमाएर घरमा आउलान् भन्ने आस गरेका परिवारका सपना पनि निरासमा परिणत भए । यतिबेला बेगमलाई झनै सहयोगको खाँचो भएको वडा नं ३ का अध्यक्ष चन्द्रबहादुर के.सीले बताए । उनको जिवन बचाउनका लागी सरोकारवालाले पहल थालेको चन्द्रबहादुरको भनाई छ । सहयोग संकलनका लागी अमेरिकामा रहेका प्रेमलाल के.सी, गोर्खबहादुर कुसारी, मनराज देवकोटा र हेमराज खनालले महत्वपुर्ण भुमिका खेलेको कार्यक्रममा जानकारी गराइएको थियो ।

बाँफिकोट गाँउपालिका ३ रुकुम पश्चिम घर भई हाल अमेरिकामा रहेका प्रेमलाल के.सीले एक लाख १२ हजार२२६, रमेश के.सीले ५५,५५१,भुपेन्द्र के.सीले २७७७५, वाँफीकोट गाँउपालिका ६ हाल अमेरिकामा रहेका गोर्खबहादुर कुसारीले ५१४६७, मनराज देवकोटाले ३४२११,र मुसिकोट नगरपालिका १ घर भई हाल अमेरिकामा रहेका रत्नबहादुर थापाले ३४,०११ रकम पठाएका छन् । सबै गरी ५४ जनाले रकम पठाएको बताइएको छ ।