सुप विश्वविद्यालय बन्यो प्रिन्सिपलको भर्तीकेन्द्र, रातारात गरे २६ जना नियुक्त

0
Shares

मनोज भट्ट, महेन्द्रनगर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा प्रिन्सिपलले मनोमानी गर्दै आफ्नो एकलौटी ढङ्गले शिक्षक तथा कर्मचारी नियुक्त गरेका छन् । सुप विश्वविद्यालयका प्रिन्सिपल डा. भुपेन्द्र बिष्टले कर्मचारी शिक्षक बिना सूचना तथा विज्ञापन आफ्नो मनोमानी ढङ्गले आफ्ना नातेदारहरुलाई मात्र भर्तीको गरेको आरोप विद्यार्थीहरुको छ । शुत्रवार देखि आन्दोनलत विद्यार्थीहरुको मागको सुनुवाई नगरे पछि विद्याथीहरु झन सशंकित भएका छन् ।

प्रिन्सिपल बिष्टले आफु निकटका २६ जना शिक्षक तथा कर्मचारी रातारात नियुक्त गरेको स्रोतले बताएको छ । पहिलो चरण १४ जना मात्र शिक्षक कर्मचारी नियुक्त गरे पश्चात विरोध हुन थाले पछि बिष्टले संख्या बढाएर २६ पु¥याएका हुन् । राजनितीक भागबण्डा मिलाउनकालागि बिष्टले शिक्षक तथा कर्मचारीको संख्या १४ बाट २६ पु¥याएको नेविसंघका एक नेताले ठोकुवा गरे ।

सुदूर पश्चिमाञ्चल विश्वविद्यालयका प्रिन्सिपल डा. बिष्टले सूचना तथा विज्ञापन नै ननिकाली आफ्नो स्वार्थका लागि मनोमानी ढङ्गले असक्षम कर्मचारी तथा शिक्षक नियुक्त गरेकोले विभिन्न विद्यार्थी संगठनहरु सयुक्त रुपमा आन्दालनमा उत्रिएका छन् । कर्मचारी तथा शिक्षक नियुक्ति प्रकृया गलत भएको अनेरास्ववियुका नेता कमल रोकायाले बताए । ‘

कर्मचारी र शिक्षक नियुक्त गर्नका लागि प्रिन्सिपल बिष्टले लेटरप्याड र छाप घरमै लगेर घरबाट नै मनोमानी ढङ्गले नियुक्ति दिएको स्रोतले बताएको छ । १४ जना नियुक्त गर्ने क्रममा एकलौटी रुपले नियुक्त गरेको आरोप लागे पश्चात सबै संगको राजनीतिक भागबण्डा मिलाउनका लागि थप १२ जनालाई पनि नियुक्त गरिएको उक्त स्रोतले जनाएको छ ।

विश्वविद्यालयका लागि शिक्षक तथा कर्मचारी नियुक्त गर्ने प्रकृया नै पुरा नगरि नियुक्त गरिएका शिक्षक तथा कर्मचारीहरु निसा भट्ट, यज्ञराज उपाध्याय, भक्तराज भट्ट, मोहन साउद, प्रेम रावल, हरिसा धामी, भागरथी कुवर खड्का, शुसिला बिष्ट, ज्योती चन्द, रञ्जना खनाल, कौशिला भट्ट, ईश्वरदत्त बडु, हरिस बहादुर खत्री, जानकी बोहरा, रोहित गिरी, गिता भट्ट, पशुपति जोशी, सरस्वती भट्ट ओझा, हेमन्त डंगौरा, रमेश भट्ट, कमल चन्द, सुरेस कुमार रावल, रक्षा शाह, मनोज जोशी र लोकेन्द्र जोशी रहेका छन् ।

प्रिन्सिपल बिष्टको राजिनामा र अवैधानिक तरिकाले नियुक्त गरिएका शिक्षक कर्मचारीको नियुक्ति खारेजीको माग राख्दै आइतवार र वुधवार विद्यार्थीहरुले आन्दोलन, पुत्ला दहन र कुर्सि जलाएका छन् । एक हप्तादेखि सुप विश्वविद्यालयकै एक समुह इन्टिग्रिटी फोरमले रिले अनशन जारि राखेको छ । उक्त फोरमले विश्वविद्यालय प्रशासन विरुद्ध ७७४ विद्यार्थी र २० जना शिक्षक कर्मचारीको हस्ताक्षर संकलन गरेको छ । विश्वद्यिालयको अवैधानिक शिक्षक कर्मचारी नियुक्तिका बिरुद्ध बिहिवार देखि महेन्द्रनगर बजार भरी पर्चा पम्पलेट वितरण गर्ने इन्टिग्रिटी फोरमका अध्यक्ष चन्द्र देव बडु बताए ।

अवैधानिक तरिकाले प्रिन्सिलपलले विश्वविद्यालयलाई ध्वस्त पार्न लागेको भन्दै ६ जना एचओडीहरुले राजिनामा दिएका छन् । उनिहरुले पनि अवैधानिक नियुक्ति खारेजी हुनुपर्ने र प्रिन्सिपलको राजीनामा समेत आवश्यक रहेको बताएका छन् । प्रकृयालाई मिचेर आफ्नो दादागिरी देखाउदै आफ्ना आसेपासे र नातागोतालाई नियुक्त गरिनु शतप्रतिशत गलत भएको अखिल क्रान्तिकारीका नेता बिरेन्द्र शाहले बताए ।
विद्यार्थी संगठनहरु सयुक्त रुपमा आन्दोलनमा उत्रिएका छन् ।

जब सम्म अवैधानिक तरिकाले नियुक्त गरिएकाहरुलाई खारेज गरेर स्वच्छ प्रतिस्पर्र्धा बाट कुसल र सक्षम व्याक्तिलाई नियुक्त गरिदैन तब सम्म आन्दोलन जारी रहने बताएका छन् । तर प्रिन्सिपल डा. बिष्ट भने आन्दोलन गर्ने आफ्ना विद्यार्थी नभएर बाहिरका गुण्डाहरु भएको बताउछन् । आफुले अन्य विश्वविद्यालयको जसरी नै कार्यादेश अनुसार कर्मचारी राखेको बताए । उनले थपे ‘कुरा नै नबुझेर उल्टिने पुल्टिनेहरु उग्रवाहिरुको समुह हो ।’