प्युठान । प्रहरीले बिनाकारण ट्रिपर सहित ९ जना चालकलाई नियन्त्रणमा लिएको भन्दै प्युठानमा व्यवसायी आन्दोलनमा उत्रेका हुन् । प्युठानको दम्तीदेखि क्वाडी बेलुवा सम्मको कालोपत्रे सडकमा ट्रिपर हिडेको भनी प्रहरीले चालक र ट्रिपरलाई अनावश्यक नियन्त्रणमा लिएको भन्दै व्यवसायिहरु आन्दोलनमा उत्रिएका हुन । उनिहरु शुभ श्री अग्नी सिमेन्टको नौवहिनि गाउँपालिका ८ लुफ्लुङबाट निकालेको चुनढुगां बोक्दै आएका थिए ।
प्युठान नगरपालिका ४ झिमरुक पुल नजिकै ट्रिपर रोकेर आन्दोलन गरेका छन् । राजमार्गमा ट्रकले ३० टन बोकेर हिड्दा बजारबासी केहि भन्दैनन् ट्रिपर चालक अर्जुन नगरकोटीले बताए । उनले हामिले १२ टन मात्रै बोक्दा पनि स्थानीयले प्रहरीमा उजुर गरे । दिउसोको समय बैकल्पीक बाटो हिडेको र रातीको समय राजमार्गको बाटो हिडेको उनले बताए ।











प्रतिक्रिया