ब्रिटिस एयरवेजले पुन उडान सुचारु गर्ने


इस्लामावाद,(एजेन्सी)
ब्रिटिस एयरवेज ( बिए ) ले आगामी वर्ष देखि पुन पाकिस्तान तर्फको उडान सुचारु गर्ने घोषणा गरेको छ । पाकिस्तानको एउटा होटेलमा शक्तिशाली बम विस्फोटनको घटना घटेयता बिएले विगत दस वर्ष भन्दा लामो समयदेखि हवाई सेवा बन्द गरेको हो ।

सन् २००८ मा राजधानी इस्लामावाद स्थित म्यारियोट होटेलमा भएको बमकाण्डमा पचासजना भन्दा बढि व्यक्तिको ज्यान गएको थियो । पाकिस्तानसंगको हवाई सेवा पुन सुचारु गर्ने बिए पहिलो पश्चिमी एयरलाइन भएको छ ।

हालै इसलामावादमा संचालनमा ल्याइएको एउटा नयाँ विमानस्थलमा सुरक्षा र थप स्थानको राम्रो व्यवस्था गरिएको छ । पाकिस्तानको इतिहासमै म्यारियोटमा भएके आक्रमणलाई सबैभन्दा ठूलो र भयानक मानिएको छ ।

पाकिस्तानका लागि वेलायती उच्चायुक्त थोमस ड्रयुले बिएको पुनरागमनले सुरक्षामा ठूलो सुधार आइसकेको पुष्टि गरेको प्रतिक्रिया दिएका छन् । बिएका कर्मचारी रोवर्ट विलियम्सले भनेका छन् , ‘ आगामी वर्षदेखि हिथ्रो विमानस्थले देखि इस्लामावाद सम्मको उडान भर्दा निकै रमाइलो हुने छ ।

यो सेवा वेलायत आउन र वेलायतबाट पाकिस्तान जान चाहने वेलायती पाकिस्तानी समुदायबिच निकै लोकप्रिय रहेको छ । दसलाख भन्दा बढि पाकिस्तानी मुलका मानिस संयुक्त अधिराज्यमा वसोवास गर्दै आएका छन् ।

एयरलाइन समुह आइएजिको बिएले आगामी २ जुनदेखि पाकिस्तान तर्फको साताको तीन उडान संचालन गर्ने भएको छ । अहिले पाकिस्तानको पिआइए पाकिस्तानबाट सिधा वेलायतको उडान भर्ने एकमात्र एयरलाइन हुन् ।