चीनले विश्वलाई नियन्त्रणमा राख्न खोज्दैन: सि जिन्पिंग


बेइजिंग,(एजेन्सी)
चिनियाँ राष्ट्रपति सि जिन्पिंगले मंगलवार चीनले महत्वपुर्ण आर्थिक सुधार कार्यक्रम लागु गरेको चालिसौं वार्षिकोत्सवलाई सम्बोधन गर्ने क्रममा चीनले विश्वका अन्य मुलुकलाई मुल्य चुकाउन लगाएर आफ्नो विकास नगर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

तर उनले विश्वको सर्वशक्तिमान चीनलाई के गर्नुपर्छ भन्ने कुरा कसैले पनि सिकाउनु जरुरी नभएके पनि बताएक छन् । चीनका स्वर्गीय नेता देंग सियाओपिंगले चालिस वर्ष अघि आर्थिक सुधार नीति लागु गर्दै चीनमा खुल्ला अर्थतन्त्र ल्याएका थिए ।

परिणाम स्वरुप तिव्र गतिमा आर्थिक वृद्धि गर्न सफल चीन अहिले विश्वकै दोश्रो सबैभन्दा ठूलो अर्थतन्त्र भएके मुलुक बनिसकेको छ । पछिल्ला केहि वर्षमा मात्र करार्डौ चिनिया जनताले गरिबीबाट मुक्रि पाएका छन् । तर केहि वर्ष यता भने चीन बढ्दो ऋण र मन्द हुँदै गएको आर्थिक वृद्धि विरुद्ध संघर्षरत रहेको छ ।

सिले उत्साहजक आर्थिक उपलब्धिको वावजुद पनि चीनले विशवलाई नियनत्रणमा राख्ने नखोज्ने तथा मानवताका लागि साझा भविष्यका लागि सक्दो योगदान दिने पनि बताएका छन् । तर उनले हाल संयुक्त राज्य अमेरिकासंग चलिरहेको व्यापार विवादको प्रसंग भने उल्लेख गरेको छैन ।