लगानीकर्ता ढुक्क हुन नसक्दा नेप्सेमा गिरावट

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
नेपाल धितोपत्र बोर्डले पुँजी बजारमा देखिएको पछिल्ला गतिविधिप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै लगानीकर्तालाई संयमता अपाउन र दोस्रो बजारमा कारोबार रोक्ने जस्ता अवाञ्छित कार्य नगर्न भनेको छ।

बोर्डले मंगलबार विज्ञप्ति जारी गर्र्दै मुद्रा तथा पुँजी बजारमा देखिएका समस्याको मँल्यांकन गरी वित्तीय स्थायित्व एवम् लगानीका लागि वित्तीय स्रोत व्यवस्थापनमा देखिएका समस्या पहिचान गरी सुझाव पेश गर्न गठित कार्यदलले आफ्नो काम गरिरहेको भन्दै बोर्डले संयमित हुन आग्रह गरेको हो।

कार्यदलले विभिन्न सरोकारवालासँग छलफल गरी दिइने सुझावहरुको कार्यान्वयनबाट बजारमा थप विकास एवं स्थायित्व अभिवृद्धि हुने तथा लगानीकर्ताका मागसमेत सम्बोधन हुने बोर्डले जनाएको छ।

आन्दोलनमा रहेका शेयर बजारका लगानीकर्ताले सोमबार शेयर कारोबारमा अवरोध पु¥याउने प्रयास गरेपछि बोर्डले आफ्नो धारणा सार्वजनिक गरेको हो। शेयर बजार सुधार र विस्तारका लागि भन्दै शेयर लगानीकर्ता दबाब समँह अहिले आन्दोलनमा छ ।

उता शेयर लगानीकर्ता दबाब समँहले लगानीकर्ताहरुलाई स्वतः स्फुर्त रुपमा बजार बन्द गर्न गरेको आग्रह फिर्ता लिएको छ । समँहले मंगलबार उक्त कार्यक्रम ाा फिर्ता लिएको हो । केही लगानीकर्ता कारोबार गर्ने र केहीले नगर्ने भएकाले मंगलबारदेखि उक्त घोषणा फिर्ता लिइएको समूहले जाएको छ ।
यसैबीच मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले घटेको छ ।

ब्याजदरमा भएको उच्च वृद्धि तथा पुँजी बजारमा देखिएका अन्योलताका कारण लगानीकर्ता ढुक्क हुन नसक्दा बजार ओरालो लागेको सरोकारवालाहरुको विश्लेषण छ । मंगलबार नेप्से परिसूचक १४ दशमलव ६१ अंकले घटेर ११६८ दशमलव १७ विन्दँमा झरेको छ ।

कुल १५९ कम्पनीको १४ लाख ७८ हजार ७२४ कित्ता शेयर ५३ करोड २३ लाख २५ हजार ६४६ रुपियाँमा खरिद बिक्री भएको नेप्सेले जनाएको छ ।

यस दिन कारोबार भएका १० समँहमध्ये उत्पादन ९ दशमलव ३१ र अन्य समँह ५दशमलव ३८ अंकले बढे पनि बाँकी समँहमा गिरावट आएको छ ।

जसमध्ये बैंकिङ समँह १५ दशमलव ६४, होटल समँह ५ दशमलव ५४, विकास बैंक समँह २० दशमलव ७२, जलविद्युत् समँह १६ दशमलव १४, वित्त समूह शँन्य दशमलव तीन छ, निर्जीवन बीमा समँह १९२ दशमलव ३२, लघुवित्त समूह १८ दशमलव ४८ र जीवन बीमा समँह ४९ दशमलव ९३ बिन्दुले घटेका छन् ।

समग्र परिसँचकमा गिरावट आउँदा समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, सिभिल लघुवित्त वित्तीय संस्था, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले भने कमाएका छन् । तर, विजय लघुवित्त वित्तीय संस्था, रैराङ हाइड्रो पावर, स्वरोजगार लघुवित्त विकास बैंक र युनाइटेड इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

यस दिन ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसँचक ३ दशमलव शँन्य चार अंकले घटेर २४८ दशमलव ५९ बिन्दुमा पुगेको छ ।