नेतृत्व प्रति असन्तुष्ट जनाउँदै हुम्लाका नेकपाका कार्यकताद्धारा विरोध

0
Shares

अर्जुन बोहरा, हुम्ला ।
नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) हुम्लाको आन्तरकि प्रशिक्षण तथा भेला भईरहेको वेला नाम्खा गाउँपालिकाका कार्यकर्ताहरुले कार्यक्रम बहिस्कार गर्ने बताएका छन । प्रदेश कमिटिदेखि जिल्ला कमिटी हुदै हरेक संरचना तथा गतिवीधीहरुमा नाम्खाका बाम गठबन्धनका सक्रिय कार्यक्रतालाई उपेक्षा गरिएको भन्दै विरोध जनाएा छन ।

पार्टी र सरकार बिच अन्तर सम्बन्ध विस्तार र संगठन सृद्धढीकरण अभियान तथा अगुवा कार्यक्रम भेलामा हुम्ला पुगेका कर्णाली प्रदेशका अध्यक्ष गोरख बहादुर बोगटी समक्ष बहिस्कार गरेका छन ।

पार्टीको निर्णय बैठकहरुमा नसमेटीएकोले नायँ ढङ्गले सम्पूर्ण गतिवीधीहरु सञ्चालन गदै आएको हुनाले नाम्खा गाउँपालिकाको सम्पूर्ण पार्टी कार्यक्रताहरुले असन्तुष्ट भई असहमति व्यक्त गदै बहिस्कार गरेका छन ।

नाम्खा बासिन्दाहरुको माग संम्बोधन नभए सम्म पार्टीको कुनै पनि बैठक गतिवीधीहरुमा सहभागि समेत नहुने तत्कालिन नेपाल कम्यनिष्ट पार्टी माओवादी (केन्द्रका) केन्द्रिय सहल्लाकार नाम्गेल तामाङले जानकारी दिएका छन ।

हरेक हिसाबले उत्तरी नाम्खा गाउँपालिकालाई पार्टीले कुनै कुरामा सहभागी नगराएकोले संयुक्त रुपमा राजिनामा दिई आफनै ढङ्गले अगाडी बडने तामाङको भनाई छ ।

नाम्खाका बाम गठबन्धनका कार्यक्रतालाई कुनै पनि पार्टीको बैठक गतिविधीमा सहभागी नगराएकोले आफूले संयुक्त रुपमा बहिस्कार गर्न बाध्य भएको नेपाल कम्युनिष्ट पार्टी माओवादी (केन्द्रका केन्द्रिय सहल्लाकार सोनामग्यालजन लामाको आक्रोश रहेको छ । प्रदेश कमिटीमा नाम्खा गाउँपालिकालाई बे वास्ता गरेका गरेकोले बहिस्कार गरेको नेकपा एमाले जिल्ला कमिटि हुम्लाका सचिवालय सदस्य नुर्जन तामाङले बताए ।

प्रदेश र जिल्लाको बैठक बसेर छलफल गरी नाम छनौटको विषयमा जानकारी नगरी मनमानी ढङ्गले उपेक्षित गराइएको तामाङको भनाई छ ।

चंखेलीमा पनि बहिस्कार यस्तै गरी चंखेली गाउँपालिकाका कार्यकर्ताहरुले कर्णाली प्रदेश कमिटीद्वारा जिल्ला तथा गाउँपालिका स्तरमा संचालन हुने पार्टीका गतिविधिहरु बहिस्कार गर्ने बताएका छन । गाउँपालिकाका अगुवा कार्यकर्ताको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो । विशेष गरी यो बहिस्कार पूर्ब माओवादी केन्द्र निकटका कार्यकर्ताहरु गर्ने भएका छन ।

हुम्ला जिल्लामा माओवादी पार्टी बनाउनमा हालको चंखेली गाउँपालिकाको महत्वपुर्ण भूमिका रहेको कुरालाई बिर्सेर नेपाल कम्युनिष्ट पाटी नेकपाले प्रदेश कमिटी गठनमा लत्याएकाले यस्तो निर्णय गर्नु परेको पूर्ब माओवादी सचिवालय सदस्य गोबिन्द शाहीले बताए ।

संगठन निर्माणका लागि निक्कै महत्वपुर्ण भूमिका खेल्ने क्षेत्रलाई पार्टीको केन्द्र र प्रदेशमा सहभागिता गराउन जसरी उपहास गरिएको त्यस विरुद्धको यो निर्णय भएको उनले बताए । हालको नेकपा अब कम्युनिष्ट पार्टी हो कि होईन भन्ने शंकाको घेरामा रहेकोसमेत उनले आरोप लगाए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा पार्टी र सरकार बिच अन्तर सम्बन्ध विस्तार तथा संगठन सृद्धढीकरण अभियान एवम अगुवा कार्यक्रम भेलामा कार्यक्रताहरुले असन्तुष्ट जनाएका छन ।

अध्यक्ष गोरख बहादुर बोगटी, प्रदेश किमटी सदस्यद्वय दल रावल र छक्कबहादुर लामाको टोली जिल्लाका अगुवा कार्यकर्ता भेला र प्रशिक्षणका जिल्लामा आएका छन् ।मंगलबार संचालन भएको कार्यक्रम कार्यकर्ताहरुले हस्ताक्षर गर्दै कार्यक्रम बहिस्कार बिज्ञप्तिमार्फत बिरोध जनाएका छन् ।