नेपाल भ्रमण वर्षको उपसमिति गठन

0
Shares

काठमाडौं, (नेस)
नेपाल भ्रमण वर्ष २०२० कार्यान्वयन गर्न उपसमितिले पँर्णता पाएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भ्रमण वर्ष सन् २०२० को कार्यक्रम कार्यान्वयन गर्न १९ सदस्य उपसमिति गठन गरेको हो ।

मन्त्रीस्तरीय निर्णयबाट गत कार्तिक १६ गते उद्योगी सुरज वैद्यलाई राष्ट्रिय संयोजकमा नियुक्ति गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अध्यक्ष रहने समितिको उपाध्यक्ष राष्ट्रिय कार्यक्रम संयोजकको रुपमा रहने गर्दछ ।
समितिको सदस्यमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत, पर्यटन मन्त्रालय पर्यटन महाशाखाको सहसचिव, अर्थमन्त्रालयको सहसचिव, लुम्बिनी विकास कोषका उपाध्यक्ष नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि सदस्य रहेका छन् ।

यस्तै अन्य सदस्यहरुमा अनिल चित्रकार, सिर्जना राणा, अवधेश त्रिपाठी, विप्लव पौडेल, रन्जित आचार्य, नवराज दाहाल, चारु चड्डा, डा. बासुदेव कोइराला, दाबा स्टेफेन शेर्पा, प्रशान्त सिंह, विजयबहादुर श्रेष्ठ, कृष्णहरि खत्री र सदस्यसचिवमा पर्यटन बोर्डकी वरिष्ठ अधिकृत नन्दिनी लाहे थापा रहनु भएको छ ।