शेयर लगानीकर्ताको अनसनप्रति कांग्रेसको समर्थन

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
आफँहरुले उठाएका १४ बुँदे मागमा सरकारले सम्बोधनको नाममा छलफलमा बोलाएर जालझेल गरेको आरोप लगाउँदै शेयर लगानीकर्ताको दबाब समँह सोमबारदेखि आमरण अनशनमा बसेका छन् । नेप्से कार्यालय अगाडि आमरण अनसनका कारण सोमबार शेयर बजार प्रभावित भएको छ । शेयर लगानीकर्ता दबाब समँहले कारोबार नगर्न नगराउन लगानीकर्ता, नेप्से, बोकर कम्पनीहलाई चेतावनी दिएका कारण कारोबार शुरू भएको करिब आधा घण्टासम्म ठप्प भएको थियो ।

त्यसपछि बजारमा कारोबार भए पनि न्यँन रकमको कारोबार भएको थियो । उद्यपि, बजार बन्द हुने बेलासम्म कारोबारमा उल्लेख सुधारदेखिएको थियो । सरकारले आफ्ना मागहरू सुनुवाइ गर्नुको साटो वार्ताका नाममा भड्काउने काम गरेकाले बाध्य भएर आमरण अनशन बस्नुपरेको उनीहरूको भनाइ छ । आमरण अनशनसँगै हाल जारी रिले अनशनलाई पनि निरन्तरता दिइने दबाब समँहले जनाएको छ ।

शेयर लगानीकर्ताले उठाएको पुँजी बजार सुधार र विस्तारका मागलाई विपक्षी दल नेपाली कांग्रेसले समर्थन जनाएको छ । लगानीकर्ताको मागलाई समर्थन गर्न अनसनस्थलमै पुगेर पँर्व अर्थमन्त्री एवम् कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्की, प्रवक्ता विश्वप्रकाश शर्मालगायतका नेताले संस्थागत समर्थन रहेको बताउनु भएको हो ।

लगानीकर्ताले उठाएको मागलाई सरकारले पँरा गर्नुपर्ने प्रवक्ता शर्माको भनाइ छ । अर्थमन्त्रीको राजीनामा राजनीतिक विषय भएकाले कांग्रेस त्यसमा प्रवेश नगर्ने तर बजार सुधारको मागलाई भने पँर्ण समर्थन रहेको उहाँको भनाइ छ ।

त्यस्तै सरकारले पुँजी बजारलाई हेर्ने दृष्टिकोणमा भने परिवर्तन ल्याउनुपर्ने तथा अर्थमन्त्रीले पुँजी बजारलाई अनुत्पादक क्षेत्र भन्न नसुहाउने शर्माले बताउभयो ।
उहाँले भन्नुभयो– ‘बजारको सँचक ओरालो लाग्दा अर्थतन्त्र पनि ओरालो लाग्छ, त्यसैले पुँजी बजार अपरिहार्य छ ।’

कांग्रेस नेता एवम् पँर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुँजी बजार सुधारको माग सदनसम्म पुग्नसक्ने बताउँदै बजार सुधार र विस्तारको माग व्यापक बनाउनुपर्ने उहाँको भनाइ छ । कार्कीका अनुसार बजार अहिलेको अवस्थामा आउन अर्थमन्त्रीको अभिव्यक्ति पनि कारण रहेको बताउनुभयो । उहाँले पुँजी बजार सुधारका लागि कानुन र नीतिगत व्यवस्था आवश्यक रहेको पनि बताउनुभयो ।
धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । शेयर लगानीकर्ता दबाब समँहले कारोवारमा रोक लगाउने दाबी गरेको दिन बजार बढेर नयाँ उचाइमा पुगेको हो ।

यसैबीच सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५ दशमलव १७ बिन्दुले बढेर ११८२ दशमलव ७८ बिन्दँमा पुगेको छ । कुल १५९ कम्पनीको १२ लाख ६० हजार ५१८ कित्ता शेयर ४२ करोड तीन लाख ५३ हजार ५१५ मँल्यमा खरीद बिक्री भएको छ । १०० उपसमँहमध्ये व्यापार उपसमँह तीन दशमलव शँन्य चार बिन्दँले घटेको छ ।

बैंकिङ ९ दशमलव १५, होटल शून्य दशमलव ७ एक, विकास बैंक ८ दशमलव ५, जलविद्युत् ५ दशमलव ३७, वित्त शँन्य दशमलव ५२, निर्जीवन बीमा २२० दशमलव ५१, उत्पादन २३ दशमलव २१, अन्य एक दशमलव चार चार, लघुवित्त ४० दशमलव २१ र जीवन बीमा १९५ दशमलव ८ अंकले बढेका छन् ।

यस दिन मिर्मिरे लघुवित्त वित्तीय संस्था, कालिका लघुवित्त वित्तीय संस्था, पँँर्णिमा विकास बैंक, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था, सूर्य लाइफ इन्स्योरेन्स कम्पनी, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले आज कमाएका छन् । यस्तै कालिका पावर कम्पनी, ग्लोबल आइएमई समुन्नति स्किम एक, स्वदेशी लघुवित्त वित्तीय संस्था र राष्ट्रिय बीमा कम्पनी लिमिटेडका संस्थापक शेयरधनीले गुमाएका छन् ।

सोमबार यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसँचक दुई दशमलव ९७ बिन्दुले बढेर २५१ दशमलव ६३ बिन्दँमा पुगेको छ ।