सिभिल बैंक र अजोड इन्स्योरेन्सबीच सम्झौता

0
Shares

काठमाडौं, (नेस)
सिभिल बैंकले जीवन बीमा सेवालाई विस्तार गर्ने उद्देश्यले अजोड इन्स्योरेन्ससंँग सम्झौता गरेको छ ।

उक्त सम्झौता–पत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर गर्नुभयो ।

अब अजोड इन्स्योरेन्सका बीमा सेवालाई सिभिल बैंकका ७१ शाखामार्पmत उपलब्ध हुने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताउनुभयो ।
सिभिल बैंकले यस अघि पनि जीवन बीमा कम्पनीहरु मेट लाइफ, एलआईसी नेपाल, रिलायबल, नेपाल लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र सँर्या लाइफ इन्स्योरेन्सलगायतका कम्पनीहरुसँंग सम्झौता गरी जीवन बीमा तथा निर्जीवन बीमा सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।