फोेर्ड वाइल्र्डनेस गेट अ वे सम्पन्न

0
Shares

काठमाडौं, (नेस)
ग्राहकलाई ब्रान्ड र स्वामित्व अनुभव बढाउने प्रतिबद्धता अनुसार जीओ अटोमोबाइल्सले हात्तीवन रिसोर्ट फर्पिङमा फोेर्ड वाइल्र्डनेस गेट अ वे आयोजना गरेको छ ।

फोर्ड गाडीको क्षमता र शक्तिलाई ध्यानमा राखेर यो कार्यक्रम सञ्चालन गरिएको कम्पनीले जनाएको छ । टेस्ट ड्राइभका लागि फोर्डका विभिन्न गाडीहरू फोर्ड ¥यापोटर, रेन्जर, फ्रिस्टाइललगायतलाई प्रयोगमा ल्याइएको थियो ।


ग्राहकहरुका लागि एउटा विशेष अफ रोड ट्रयाक बनाइएको थियो । जहाँ विभिन्न्न थरीका ट्रयाकहरुको व्यवस्था थियो । अप हिल, पिच र रक्की रोड जस्ता बाटोमा ग्राहकले फोर्डको गाडीहरु ड्राइभ गर्ने मौका पाएका थिए । पाँच सयभन्दा बढी सहभागी भएको सो कार्यक्रममा सम्पूर्ण परिवारको मनोरञ्जनका लागि निःशुल्क खेल र खाजाका साथ माउन्टेन बाइक कन्टेस्ट, ट्रि क्लाइम्बिङ र जीप लाइन पनि उपलब्ध गराइएको थियो ।

सोही कार्यक्रममा फोर्डले नयाँ गाडी ‘ द अल न्यू रेन्जर रिपोर्ट’ पनि लन्च गरेको थियो । बजारमा यो गाडीको मँल्य १ करोड २३ लाख रुपियाँ रहेको कम्पनीले जनाएको छ ।


जीओ अटोमोबाइल्सले सम्भावित ग्राहकलाई फोर्ड गाडीको अनुभव गराउन यस अघि पनि यस्तै धेरै कार्यक्रमहरु सञ्चालन गरेको थियो । जीओ अटोमोबाइल्सको वाइल्र्डनेस गेट अ वे कार्यक्रम ग्राहकलाई फोर्डको कार्यक्षमता र जस्तो पनि बाटोमा चल्न सक्ने क्षमता देखाउने प्रयास भएको कम्पनीले जनाएको छ ।