एपीएफ ईकाई प्रमुख सम्मेलन सम्पन्न

0
Shares

काठमाडौ(नेस) । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले ‘ईकाई प्रमुख सम्मेलनको एक समारोहका बीच समापन गर्नुभएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो सम्मेलन संगठनलाई स्पष्ट दिशाबोध गर्ने उद्देश्यका साथ सशस्त्र प्रहरी बल नेपालको इतिहासमा प्रथम पटक गरिएको चर्चा गर्नुहँदै सम्मेलनमा सकृय सहभागिता जनाई आफ्ना धारणाहरु प्रस्तुत गर्नुहुने सहकर्मी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षहरु लगायत सम्पूर्ण इकाई प्रमुखहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो सम्मेलनमा इकाई प्रमुहरुबाट व्यक्त भएको विचार र दृष्टिकोणमा सम्पूर्ण राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको भावना र चासो प्रतिविम्वित भएको उल्लेख गर्नुहुँदै विगतमा सम्पादित कार्यहरुको बिस्तृत विवेचना भई संगठनले भोलीका दिनमा लिने सार्थक योजना तथा मार्गचित्र तयार गर्न सो सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले अत्यन्तै व्यस्त कार्य तालिकामा रहि घनीभूत रुपमा प्रस्तुतीकरण, छलफल तथा विचार विमर्शबाट निचोडको रुपमा विभिन्न सुझावहरु संगठनलाई प्राप्त भएको चर्चा गर्नुहँुदै प्राप्त सुझावहरुलाई विज्ञ टोली मार्फत पुनः अध्ययन तथा छलफल पश्चात स्पष्ट नीतिसहित द्रुत गतिमा कार्यान्वयनतर्फ लगिने बताउनुभयो ।