नक्कली नागरिकता बनाउन खोज्ने सासू ज्वाँई पक्राउ

0
Shares

गौशाला ।
महोत्तरीको र्इलाका प्रशासन कार्यालय गौशालाबाट भारतीय नागरिकलाई आफ्नो छोरा भनेर नागरिकता दिलाउन लागिएको अवस्थामा प्रहरीले सासू र ज्वाँईलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा औरही नगरपालिका–३ बस्ने ३९ वर्षीया सिवो देवी र उनका ज्वाइँ भारत विहारको मुजफ्फरपुरको शिवदासपुर दौरा असली पञ्चायत वडा नं ६ बस्ने २१ वर्षीय राजपाल सहनी रहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशोर आचार्यले बताउनुभयो ।

सासू सिवो देवीले ज्वाइँ राजपाललाई आफ्नो छोरा सरोज सहनी बनाई नागरिकता दिलाउनका लागि झूटो विवरण पेश गरेको अवस्थामा प्रशासनले शङ्का लागी सोधपुछ गर्दा दोषी देखिएपछि उनीहरुलाई पक्राउ गरिएको थियो । प्रहरीले पक्राउ परेका राजपालको साथबाट भारतीय आधारकार्ड र सवारी चालक अनुमतिपत्रसमेत बरामद गरेको छ ।
रासस