नेपाली युवक चरेससहित भारतमा पक्राउ

0
Shares

सीताराम चौधरी, कपिलवस्तु ।
ठूलो परिमाणको लागूऔषध (चरेस) सहित एक नेपाली युवक छिमेकी राष्ट्र भारतको सिद्धार्थनगरमा पक्राउ परेका छन् ।

विशेष सुराकीका आधारमा एसएसबीका जवानले गस्तीका क्रममा सिद्धार्थनगर जिल्लाको महादेव बुजुर्ग रेलवे स्टेशनबाट पक्राउ गरेका हुन् । पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका ५, डबरा घर बताउने सोमदत्त कोहार रहेको एसएसबीले जनाएको छ ।

रेलवे स्टेशनमा कोहारको झोला चेकजाँच गर्दा १० किलो चरेस फेला परेको बताइएको छ । कोहारले नेपालबाट झोलामा राखेर अबैध लागूऔषध चरेस भारत लैजान लागेको बुझिएको छ ।

बरामद चरेसको अनुमानित मूल्य अन्तर्राष्ट्रिय बजारमा २ करोड़ रुपैयाँ पर्ने भारतीय अधिकारीले जनाएका छन् । पक्राउ परेका कोहारलाई एसएसबीको टोलीले नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाएको बताएको छ ।