प्रधानसेनापति थापाद्वारा काली बहादुर गणको निरीक्षण भ्रमण

0
Shares

काठमाडौँ ।
प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले सोमबार भरतपुरस्थित श्री काली बहादुर गणको निरीक्षण भ्रमण गर्नु भएको छ ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त गणको स्थलगत वस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नु भएको थियो ।

साथै उत्तर पश्चिम पृतना हे।क्वा र मध्य पश्चिम पृतना हे।क्वा। अन्तरगतका विभिन्न युनिटहरुको निरीक्षण भ्रमण गरी पुस ५ गते शुक्रबार काठमाण्डौँ फिर्ता हुने कार्यक्रम रहेको छ ।