काठमाडौँ ।
केन्द्रीय समितिको आयोजना, प्रदेश नं. १ को संयोजन र मोरङ शाखाको आतियतामा सम्पन्न हुने राष्ट्रिय सम्मेलनको सबै तयारी पूरा भएको छ ।
नेपाल पत्रकार महासंघका प्रदेश समितिका अध्यक्ष, महासचिव तथा शाखा अध्यक्षहरुको राष्ट्रिय सम्मेलन पुस ४ र ५ गते मोरङको विराटनगरमा आयोजना हुने भएको छ ।
महासंघको नीतिगत प्राथमिकता तथा प्रेस स्वतन्त्रतासम्बन्धी मापदण्ड, श्रमजीवी पत्रकार एन कार्यान्वयनका लागि कार्ययोजना, महासंघको भावी रणनीति, महासंघको सांगठनिक गतिविधिलगायतका विषयमा सम्मेलनमा छलफल हुनेछ ।
सम्मेलनमा केन्द्रीय समितिसहित, महासंघको विधानबमोजिम गठन भएको दश प्रदेशका अध्यक्ष, महासचिव, जिल्ला अध्यक्ष, प्रतिष्ठान अध्यक्ष र एसोसिएट संस्थाका अध्यक्षसहित २ सय सहभागी हुनेछन् ।
महासंघले सम्पूर्ण सहभागीहरुलाई सम्मेलनमा सहभागी हुन आह्वान गरेको छ ।











प्रतिक्रिया