आगलागीबाट विभिन्न धनमाल क्षति

0
Shares

काठमाडौं ।
धनुषा र कपिलवस्तुमा भएका छुट्टाछुट्टै आगलागीबाट करिब १० लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
धनुषा बटेश्वर गाउँपालिका १ डाल्लाखारी बस्ने लटटु महत्तोको सोही ठाउँस्थित सस्मिलमा ग्याँस सिलिन्डरबाट सोमबार दिउसो आगलागी हुँदा मिल र मिलमा प्रयोग भएको बिद्युतीय मोटर समेत जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

कपिलवस्तु कपिलबस्तु नगरपालिका(१२ बेलभरीया बस्ने गुजु गद्धीको कच्ची घरगोठमा आगो बाली मौरी धपाउने क्रममा आइतबार दिउसो आगलागी हुँदा ९ चौपाय, नगद १ लख ५० हजार रुपैयाँ , खाद्यान्न, भाँडाबर्तन,लत्ताकपडा समेत जलेर करिब ६ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।