काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र सरकार र पार्टी सञ्चालनको विषयलाई लिएर नेतृत्वको आलोचना भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पार्टी स्थायी समितिका सदस्यहरुले आलोचना गरेका हुन् ।
सरकारको नेतृत्व गरेको नौ महिना पुग्दा समेत नागरिकहरुले महशुस गर्ने गरी काम गर्न नसकेको भन्दै प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीको नेताहरुले चर्को आलोचना गरेका छन् ।
पार्टी एकता भएको सात महिना वितिसक्दा समेत प्रदेश कमिटी बाहेक अन्य सांगठानिक एकता प्रक्रिया टुंगो लगाउन नसक्नुको मुख्य जिम्मेवार अध्यक्षद्धय ओली र प्रचण्ड नै भएको आरोप नेताहरुले लगाएका हुन् ।
बैठकमा नेता बामदेव गौतम आफैंले पूरक प्रस्तावको रुपमा बैठकमा पेस गरेको प्रतिवेदनको व्याख्यामा गर्दै प्रतिवेदनमा नेतृत्वको कडा आलोचनासहित पार्टीलाई गति दिन बुँदागत सुझाव दिनुभएको छ ।
जारी स्थायी समितिको बैठकमा स्थायी समितिका नेताहरुले आ–आफ्नो धारणा राख्ने क्रम सुरु भएको छ । सोमबारको बैठकमा १० स्थायी कमिटी सदस्यले आफ्नो धारणा राखेका छन् ।











प्रतिक्रिया