काठमाडौं ।
टोखा नगरपालिका ८ मिलनटोलमा एक महिलाको हत्या आरोपमा ४ जना पक्राउ परेका छन् । मिलनटोलमा डेरा गरी बस्ने मुगु टोरु गाउँपालिका–८ घर भएकी २३ वर्षीया अजिता मल्ल शाहीको आइतबार राति हत्या भएको हाे । उनी आफ्नै कोठामा मृत फेला परेकी थिइन्।
हत्या अराेपमा महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोलीले ४ जनालाइ पक्राउ गरेको हो ।
धर्मराज शाहीकी जेठी श्रीमती विष्णुमायाले कान्छी श्रीमती अजिताको हत्या गरेकी हुन्। आफूमाथि सौता हालेको र खान लगाउन नदिएको रिसमा हत्या गरेको विष्णुमायाले प्रहरीसमक्ष स्वीकार गरेकी छिन्।
हत्या अरोपमा विष्णुमायासँगै उनकी बहिनी मुगुको छाँयानाथ रारा नगरपालिका–१ की २६ वर्षीय भगवती मल्ल, भदा मुगुकै छाँयानाथ रारा नगरपालिका–१ का २१ वर्षीय गण्डिपराज मल्ल र गण्डिपराजकी प्रेमिका कास्कीको लेखनाथ महानगरपालिका–८ की २३ वर्षीय रीता केसी पक्राउ परेका छन्।
उनीहरु सबैले हत्या आफूहरुले गरेको स्वीकार गरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।











प्रतिक्रिया