धनवीर दाहाल, रुकुम पुर्व ।
रुकुम पुर्वको रुकुमकोटमा संचालित पर्यटन तथा सांस्कृतिक महोत्सवको सातौं तथा अन्तिम दिन राष्ट्रिय कलाकार बद्री पंगेनी र भुमिका गिरीले आफ्नो प्रस्तुती राखेका छन् । बद्री र भुमिकाले दर्शकलाई नाच्न बाध्य पारेका छन् ।
उनीहरुले दोहरी गाँउका दर्शकहरु स्वतस्र्फुत नाचेका थिए । कलाकारिता क्षेत्रमा निकै चर्चित गायक गायिका पंगेनी र गिरीले आफुले बजारमा ल्याएका गितहरु पनि सुनाएका थिए । यसै गरी महोत्सवको शोमबार समापन गरिएको छ । मंसिर २५ गते बाट सिस्ने गाउँपालिका ५ स्थित रुक्मिणी सहिद स्मृति रंगशालामा सुरु भएको पर्यटन तथा सास्कृतिक महोत्सव शोमबार समापन भएकोे हो ।

महोत्सवमा विभिन्न स्थानीय तथा बाह्य व्यापारिक क स्टलहरु पनि राखिएको थियो । महोत्सवको अन्तिम दिन रुकुम पुर्ब, रुकुम पश्चिम, रोल्पा, सल्यान, दाङ, जाजरकोट, बाग्लुङ, काठमान्डौ लगायतका गरि करिब आठ हजार ६ सय ८५ भन्दा बढि दर्शकहरुले महोत्सवको अबलोकन गरेको आयोजकले जानकारी दिएको छ ।
पर्यटन सास्कृतिक जडिबुटी उद्योग र व्यापार रुकुम पुर्बको समृद्धिको मुल आधार भन्ने नाराका साथ रुकुम पुर्ब चेम्बर अफ कमर्सद्वारा आयोजित महोत्सव ७ दिनसम्म सञ्चालन भएको रुकुम पुर्ब चेम्बर अफ कमर्सका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक अध्यक्ष दिलिप थापाले जानकारी दिनुभयो । संघीयताले जनमाएको कान्छो जिल्ला रुकुम पुर्बमा भएका पर्यटकीय सास्कृतिक तथा धार्मिक स्थल चिनाउने तथा पर्यटन प्रबद्र्धनमा टेवा पुर्याउने उदेश्यले महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ ।











प्रतिक्रिया