बारा ।
प्रदेश नम्बर २ ट्राफिक प्रहरी कार्यालय पथलैया बाराले क्षमता भन्दा बढी लोड् बोकेका १२ वटा ट्रकलाई सोमबार बिहान नियन्त्रणमा लिएको छ । ओभर लोड् बोकेर चितवन जान लागेका ती ट्रकहरुलाई ट्राफिक प्रहरीले त्रिभुवन राजपथको पथलैयाबाट नियन्त्रणमा लिएको हो ।
चेकजाचको क्रममा तोकिएको परिमाण भन्दा ६ देखि ९ टन सम्म बढी भार बोकी ल्याएको पाइएपछि ट्राफिक प्रहरीले सो ट्रकहरुलाई नियन्त्रणमा लिएको थियो ।
प्रहरी नियन्त्रणमा रहेका गाडीहरुलाई कारावाहीको लागि बिरगंज स्थित नारायणी यातायात व्यवस्था कार्यालय पठाउँने भएको छ ।
प्रदेश नम्बर २ ट्राफिक प्रहरी कार्यालय पथलैया बाराका ट्राफिक प्रहरी निरिक्षक रिपेन्द्र सिंहले राजमामार्गमा नियम विपरित चलेका ट्रकहरुलाई कारवाहीको लागि यातायात व्यवस्था विभाग बिरगंजमा पठाइँने र त्याहाँबाट प्राप्त निर्देशन अनुसार थप कारावाही गरिने बताएका छन् ।
उनले ढुवानी साधनले क्षेमता भन्दा बढी भार बोकेका कारण कारण सड्क र राजमार्गका पुललाई क्षेति पुग्नुका साथै सवारी दुर्घटनाको सम्भावना बृद्धि हुँने बताए । बिगत ६ महिना यता चलाउदै आएको अभियानको क्रममा प्रहरीले एकै पटक यति ठुलो पमिाणमा क्षमता भन्दा बढी भार बोक्ने साधन नियन्त्रणमा लिएको हो । ट्राफिक प्रहरीले प्रदेश नम्बर दुईमा पछिल्लो समय सड्क र पुलको सुरक्षालाई ध्यानमा राखेर बढी भार बोक्ने सवारीका साधनहरुको चेकजाँच र नियन्त्रणमा लिने अभियान चलाउदै आएको छ ।











प्रतिक्रिया