विमल बिष्ट, डोटी ।
डोटी चेम्बर अफ कमर्सले आगामी फागुन १७ देखि २७ गते सम्म दिपायलको पिपल्ला बजारमा प्रादेशिक महोत्सवको आयोजना गर्ने भएको छ ।
भ्रमण वर्ष २०२० लाई समेत सहयोग पु¥याउने गरि डोटी चेम्बर अफ कमर्सले सेतीको हिरा, खप्तडको मोती, ब्यापार, कृषि, पर्यटन र जलश्रोतबाट बनाउछौं समुन्नत डोटी भन्ने भन्ने मुल नाराका साथ महोत्सब गर्न लागिएको सो संस्थाका अध्यक्ष केवी साउँदले जानकारी दिनु भयो । महोत्सब बाट डोटेली कला संस्कृति प्रबद्र्धन, डोटी जिल्लामा रहेका धार्मिक, ऐतिहासिक, पर्यटकिय स्थलहरुको प्रचार प्रसार, स्थानीय उत्पादनहरुको प्रदर्शनी, डोटेली खाना, परिकारको प्रर्दशनी र प्रचार प्रसार र डोटी जिल्लामा लगानीको वातावरण श्रृजना गर्न मद्दत पुग्ने अपेक्षा गरिएको अध्यक्ष साउँदको धारणा रहेको छ ।
महोत्सबबा क्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरुद्धारा साँस्कृतिक कार्यक्रम प्रस्तुती, हेलिकप्टर चार्टर गरि खप्तड, अपि साईपाल लगायत सुदूरपश्चिमका पर्यटकिय स्थलको अवलोकन भ्रमण, प्यारागलाईडिङ, बन्जी जम्पिङ, सेती नदीमा ¥याफ्टीङ, स्थानीय तह स्तरको लोक तथा डेउडा गीत प्रतियोगिता लगायतका कार्यक्रम संचालन गर्ने निर्णय गरिएको डोटी चेम्बर अफ कमर्सका कार्यालय प्रमुख गौतम रोकायाले जानकारी दिनु भयो ।
महोत्सबको तयारीको शिलशिलामा डोटी चेम्बर अफ कमर्सले बिभिन्न सरोकारवाला निकाएहरुसंग छलफल अघि बढाएको छ । छलफलकै क्रममा सोमबार डोटी जिल्लामा कृयाशिल राजनैतिक दल, पत्रकारहरुसंग जिल्ला समन्वय समितिको सभाकक्षमा एक अन्तरकृया कार्यक्रमको आयोजना गरेको थियो ।
डोटी चेम्बर अफ कमर्सका अध्यक्ष केवी साउँदको अध्यक्षता तथा महासचिब केसरसिंह कठायतको संचालनमा सम्पन्न उक्त अन्तरकृया कार्यक्रममा सहभागिहरुले डोटी जिल्लाको समृद्धिको लागि आर्थिक गतिबिधि बढाउनु पर्ने कुरामा जोड दिएका थिए । सहभागिहरुले महोत्सबलाई सफल बनाउनका लागि बिभिन्न सुझाव दिदै सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
डोटीको दिपायलमा डोटी उद्योग वाणिज्यसंघले बिगतका बर्षहरुमा महोत्सब आयोजना गर्दै आएको थियो । डोटी चेम्बर अफ कमर्सले भने आफनो पहिलो स्थापना संगै पहिलो पटक महोत्सब आयोजना गर्न लागेको हो ।











प्रतिक्रिया