महेश न्यौपाने, रोल्पा ।
रोल्पामा फेरी अर्का युवकको शव भेटिएको छ । सुनिल स्मृती गाउँपालिका ३ दम्फे नजिकको लुंग्री खोलामा २८ वर्षिय सुरेन्द्र वुढाथोकीको शव भेटिएको हो । मृतक वुढाथोकी लुंग्री गाउँपालिका ५ सेवार निवासी रहेको वताइएको छ ।
ईलाका प्रहरी कार्यालय सुलिचौरका अनुसार शवको नजिक रक्सीका २ वटा बोत्तल समेत फेला परेका छन । मृत्यु के कति कारणले भएको भन्ने जानकारी हाल सम्म प्राप्त भएको छैन । हाल शवको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा पोष्ट मार्टम भईरहेको ईलाका प्रहरी कार्यालय सुलिचौरले जनाएको छ ।
मृतक वुढाथोकी शनिवार वेलुका देखी परिवारवाट संपर्क विहिन भएका थिए । आईतवार विहानै वाट परिवार र आफन्तले वुढाथोकीको खोजी गरेका थिए । आईतवार दिनभर खोजीकार्य गर्दा पनि वुढाथोकीको अवस्था जानकारी नपाएका परिवार र आफन्तलाई सोमवार विहान दम्फेका स्थानीयले आफ्नो गाउँमा शव रहेको जानकारी गराएको वताइएको छ । शव रहेको जानकारी पाउने वित्तिकै आफन्तहरु दम्फे पुगेर लास उठाई पोष्ट मार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र गएका थिए ।
पछिल्ला केही दिन यता जिल्लामा वेवारिसे ढंगले मृत्यु हुनेको संख्या वढ्दै जान थालेको छ । मादक पदार्थ सेवन गरि अचेत अवस्थामा सडकमै लड्दा अत्यधिक चिसोका कारण यसरी मृत्यु हुनेको संख्या वढ्दै जान थालेको वताईन्छ ।











प्रतिक्रिया