राजधानीमा ट्रिपरको ठक्करबाट दुईको मृत्यु, पीडितपक्ष टायर बालेर आन्दाेलनमा

0
Shares

काठमाडौँ ।
काठमाडौँको स्वयम्भुमा ट्रिपरको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । अनियन्त्रित रुपमा हुँईकिएको बा २ ख ५६३७ नम्बरको ट्रिपरले विपरित दिशाबाट आउँदै गरेको बा ४३ प ७९०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा विदुर देउला र शुसिला नेपाली रहेका छन् ।

मृतक देउलाको घटनास्थलमै मृत्यु भएको हो भने उनकी श्रीमती नेपालीको मनमोहन अस्पताल स्वयम्भुमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रिपरका चालक विजय लोलाई प्रहरीले नियन्त्रण लिई आवस्श्यक अनुसन्धान भईरहेको छ । दुर्घटना पश्चात पीडित पक्ष स्वयम्भुमा अहिले टायर बालेर आन्दोलनमा उत्रिएका छन् ।

अहिले स्वयम्भुको अवस्था निकै तनाबग्रस्त रहेको प्रतक्षदर्शीले नेपाल समाचारपत्रलाई दिएका छन् ।