हेटौंडा ।
मंसिर १८ गते विहान करिब सवा ७ बजे हेटौंडा–१९, नेवारपानीस्थित राप्तिखोलामा नाम, ठेगाना नखुलेकी करिब १ वर्षीया बालिकाको शव फेला प¥यो ।
शव सनाखतका लागि खोजतलास कार्य जारी रहेको अबस्थामा उक्त स्थान भन्दा करिब ५० मिटरमाथि २२ गते राति करिब १ बजे नाम र ठेगाना नखुलेकी ३÷४ दिनअघि मृत्यु भएजस्तो देखिने करिब २५ वर्षकी महिलाको शव फेला परेपछि स्थानीय र प्रहरी तीनछक परे ।
घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा मृतक महिलाको साथबाट फोन नम्बर उल्लेख भएको डायरी र बालिकाको पाइन्ट फेला प¥यो । दुवै शव सनाखतका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक मधुकुमार थापासमेतको कमाण्डमा टोली खटियो ।
डायरीमा उल्लेख भएका नम्बरहरुमा सम्पर्क गरेपछि भारतको मोतीहारी पूर्वी चम्पारण आदापुर थाना ग्राम माघीबर्वा वडा नम्बर–६ बस्ने वर्ष ४० का अलियर मिया ती शवहरु सनाखत गर्न २३ गते जिल्ला प्रहरी कार्यालय आए ।
मृतक वर्ष २५ की महिला लालमुन खातुन र वर्ष १ की रोशना खातुन रहेको, लालमुन खातुन छोरी र रोशन खातुन नातिनी रहेको जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएर उनले शवहरु बुझिलगे ।
मृतकका पति रमजान मियाले मंसिर ४ गते हेटौंडा–५ बस्ने जाकिर हुसेनको घरमा कोठा लिएर परिवारसमेत बस्ने गरेको जानकारी प्राप्त भएपछि मंसिर १७ गते रामजानका भाइ अरमान मियासमेत कोठामा आएर रामजान र आरमान मिया मृतकहरु समेत उक्त दिन बेलुका झुक्याएर ‘हेटौंडा बसपार्कमा बुबा आउनुभएको छ’ भनी लिन गए । सोही बखतदेखि रामजान डेरा कोठा छाडेर फरार रहे ।
खोजतलासका क्रममा शनिबार रामजानलाई हेटौंडा बजारमा प्रहरीले फेला पा¥यो । उनलाई सोधपुछका क्रममा पत्नी झगडा गरी माइती बस्ने गरेको र अन्य ब्यक्तिसँग अनैतिक सम्बन्ध रहेको आशंका गरी आफू र भाइ अरमानसमेत मिली राप्तिखोलामा लगेर मुख थुनी मारेर खोलामा फ्याँकेको स्वीकार गरेको प्रहरी उपरीक्षक (एसपी) बुद्धिराज गुरुङले बताउनुभयो ।
भारतको बिहार राज्य जिल्ला मोतीहारी थाना रामगढवा ग्राम पञ्चायत बेलहिया गाउँ–८ घर भएर हेटौंडा–५ मा डेरा गरी बस्ने वर्ष २६ का मोहम्मद रमजान मिया पक्राउ परेका हुन् । प्रहरीले आइतबार पत्रकार सम्मेलन गर्दै पत्नी र छोरीको हत्या अभियोग लागेका मियालाई सार्वजनिक गरेको छ ।
रामजानउपर मुलुकी फौजदारी अपराधसंहिता ऐन, २०७४ अन्तर्गत् ज्यान सम्बन्धि कसुरमा आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको छ भने फरार अरमानको खोजी भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया